आठ सय २२ फरार प्रतिवादी पक्राउ
काठमाडौं : फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गरेको काठमाडौं प्रहरीले २५ दिनमा आठ सय २२ फरार प्रतिवादी पक्राउ गरेको छ।
काठमाडौं प्रहरीले बिहीबारसम्म विभिन्न स्थानबाट एक सय २२ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालत पेस गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
अदालतले विभिन्न कसुरमा उनीहरू विरुद्ध चार करोड ८२ लाख ३६ हजार पाँच सय ८५ रुपैयाँ जरिवाना र एक सय ४३ वर्ष आठ महिना २६ दिन कैद फैसला गरेको छ। अदालतको फैसलालगत्तै उनीहरू फरार रहेका थिए।