प्रधानमन्त्री र खानेपानी मन्त्रीबीच विशेष छलफल, परियोजनाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

प्रधानमन्त्री र खानेपानी मन्त्रीबीच विशेष छलफल, परियोजनाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन
सुन्नुहोस्

काठमाडौं :  खानेपानी मन्त्रालयको वर्तमान अवस्था, हालसम्मको प्रगति, र आगामी योजनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवबीच विशेष छलफल भएको छ।

छलफलमा मन्त्री यादवले आफ्नो कार्यकालमा भएका उपलब्धि, मन्त्रालयले सामना गरिरहेका चुनौतीहरू र आगामी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई विस्तृत जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रालयको प्रयासहरूको प्रशंसा गर्दै महत्त्वपूर्ण निर्देशन पनि दिए। छलफलका क्रममा मन्त्री यादवले मन्त्रालयले ग्रामीण तथा सहरी क्षेत्रमा खानेपानी तथा सरसफाइका परियोजनाहरूलाई तीव्रता दिएको जानकारी गराए। 

उनले सन् २०३० देशभरका नागरिकमा सुद्ध र आधारभूत खानेपानी पुर्‍याउने लक्ष्य रहेको आफ्नो योजनाको रहेको सुनाए। 'मन्त्रालयले छोटो समयमै उल्लेख्य प्रगति गरेको छ। मेलम्ची खानेपानी आयोजनालाई समेत तीव्रताका साथ अघि बढाइएको छ। ग्रामीण क्षेत्रमा नयाँ योजना कार्यान्वयन र पुराना परियोजनाको समयमै सम्पन्न गर्न विशेष ध्यान दिइएको छ,' मन्त्री यादवले भने।

जलवायु परिवर्तनले खानेपानीको स्रोतहरूमा पारेको प्रभावबारे चर्चा गर्दै उनले मन्त्रालयले वातावरणमैत्री र दिगो योजना निर्माणमा प्राथमिकता दिएको बताए। 'जलवायु परिवर्तनको असरले खानेपानी व्यवस्थापन जटिल बन्दै गएको छ। यसलाई समाधान गर्न मन्त्रालयले वैज्ञानिक दृष्टिकोणबाट दिगो समाधानका उपायहरू अवलम्बन गरेको छ,' उनले थपे।

छलफलको क्रममा मेलम्ची खानेपानी आयोजनाको वर्तमान प्रगति र विभिन्न चरणमा भइरहेका कामबारे पनि गहन विमर्श भएको थियो। मन्त्री यादवले मेलम्ची आयोजनाका विभिन्न चरणका कामहरूको कार्यान्वयनलाई समयमै सम्पन्न गर्न मन्त्रालयले ठोस योजना अघि बढाएको जानकारी गराए। उनले आयोजनामा देखिएका प्राविधिक र प्रशासनिक चुनौती समाधानका लागि मन्त्रालय सक्रिय रहेको बताए। 'मेलम्चीको कामलाई गति दिन हामीले विभिन्न पक्षसँग सहकार्य गरिरहेका छौं। आयोजना जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले समयमै सम्पन्न गर्नु हाम्रो प्राथमिकता हो,' मन्त्री यादवले भने। 

null

त्यस्तै परियोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) मार्फत सञ्चालित अन्य योजनाहरूको प्रगतिबारे पनि मन्त्री यादवले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। मन्त्री यादवले ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच विस्तार गर्न पीआइडीले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको कार्यक्षमताको प्रशंसा गर्दै थप योजना बनाउने र प्रभावकारी कार्यान्वयनको निर्देशन दिए। 

'खानेपानी जस्तो आधारभूत आवश्यकता प्रत्येक नागरिकको पहुँचमा पुर्‍याउनु सरकारको प्रमुख जिम्मेवारी हो। मन्त्रालयले यो दिशामा देखाएको सक्रियता अत्यन्तै सराहनीय छ। अझ प्रभावकारी नतिजा दिन दीर्घकालीन योजना आवश्यक छ,' प्रधानमन्त्री ओलीले भने। उनले खानेपानी र सरसफाइ परियोजनामा देखिएका बाधा-अड्चन हटाउन सबै निकायबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए। 'जलवायु परिवर्तनका कारण आउने दीर्घकालीन चुनौती सामना गर्न वैज्ञानिक योजना बनाउनुपर्छ। यसका लागि सरकारको पूर्ण समर्थन रहनेछ,' ओलीले थपे।

त्यस्तै प्रधानमन्त्री ओलीले खानेपानी मन्त्री यादवको प्रशंसा गर्दै मन्त्रालयलाई नयाँ योजनाहरू अघि बढाउन हौसला दिँदै भने, 'खानेपानी क्षेत्रमा भएका सुधारका लागि तपाईँको नेतृत्वमा मन्त्रालयले गरेका प्रयास अत्यन्तै सराहनीय छन्। आगामी दिनमा मन्त्रालयको कामले झन् व्यापक प्रभाव पारोस् भन्ने मेरो अपेक्षा छ।' प्रधानमन्त्री ओलीसँग निर्देशन पाएपश्चात् मन्त्री यादवले भविष्यमा खानेपानीको दीर्घकालीन आवश्यकता पूरा गर्न दिगो नीति बनाइने बताए। 'हाम्रो उद्देश्य खानेपानीको स्रोतहरूको दीर्घकालीन संरक्षण र समुचित व्यवस्थापन गर्नु हो। स्थानीय समुदायको सहभागिता र नवीन प्रविधिको प्रयोगमार्फत यसलाई सम्भव बनाउनेछौं,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.