हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार
कालीकोट : सुत्केरी हुन नसकेपछि २३ वर्षीया लालशोभा सिंहको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
महावै गाउपालिका-४ की सिंहले महावै आधारभूत अस्पतालमा बच्चा जन्माउन नसकेपछि हेलिकोप्टरमार्फत प्रदेश अस्पतालमा लगिएको हो।
राष्ट्रपति सुत्केरी महिला उद्धार कार्यक्रमको सहयोग कार्यक्रमअन्तर्गत सुत्केरीको उद्धार गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए। उनले प्रदेश अस्पतालमा बच्चा जन्माएकी छन्।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय करन सिंहले बताए।