देशको आर्थिक विकासका लागि सरकारले अध्यादेश ल्याएको हो : गृहमन्त्री

देशको आर्थिक विकासका लागि सरकारले अध्यादेश ल्याएको हो : गृहमन्त्री
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोसन गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री लेखकले सरकारको ध्यान मुलुकको आर्थिक विकास र समृद्धितर्फ रहेको भन्दै यसलाई सहज बनाउन सरकारले अध्यादेशमार्फत केही कानुन संशोसन गरेको बताए।

उनले शासकीय सुधारसँग सम्बन्धित कानुनहरू, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरू र सुशासनलाई प्रत्याभूत गर्ने कानुनहरू अघि बढाइएको बताए। सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए।

उनले मुलुकमा लगानीको वातावरण बनाउन गैर आवासीय नेपालीका निम्ति महत्त्वपूर्ण निर्णय गरेको समेत बताए। आइटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेको भन्दै उनले विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुनेगरी कानुन निमार्णमा सरकार लागेको बताए।

कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उनले बताए। सरकारले निजी क्षेत्रसँग सरकार्य गर्न सधैं तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.