सुनकोशीको फोक्सिङटरमा बेलिबृज सञ्चालनमा

सुनकोशीको फोक्सिङटरमा बेलिबृज सञ्चालनमा
सुन्नुहोस्

खोटाङ : खोटाङ र उदयपुर जोड्ने सुनकोशीको फोक्सिङटारमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ। बेलिबृज सञ्चालनमा आएसँगै खोटाङ-उदयपुर सिधा यातायातका साधन सञ्चालनमा आएका छन्। 

गत भदौमा आएको बाढीले फोक्सिङटारको पक्की पुल बगाएपछि खोटाङ–उदयपुरसम्म आवतजावत गर्ने यातायातका साधन सञ्चालन बन्द भएको थियो। नयाँ बेलिबृजको शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले उद्घाटन गरे।

उनले सुनकोशीमा बेलिबृज सञ्चालनमा आएसँगै खोटाङवासीलाई जेठ महिनासम्म सुविधा पुग्ने बताए। उनले बेलिबृज निर्माण गरी खोटाङवासीको समस्यालाई सुविधा प्रदान गराउने प्रधानमन्त्री केपी ओली र बेलिबृज निर्माणमा पहल गर्ने प्रतिनिधिसभा सदस्य रामकुमार राई लगायत खोटाङका राजनीतिक दलका प्रतिनिधिहरूलाई धन्यवाद दिए।

बेलिब्रिजको सञ्चाल‍नमा आएसँगै शनिबारदेखि सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकमा यातायातका साधनहरू सञ्चालन हुन थालेको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले बताए।

पुल बगाएपश्चात खोटाङवासीलाई तराईका जिल्ला र कोशी प्रदेश राजधानी विराटनगर आवतजावतमा समस्या भएपछि भएपछि खोटाङका सांसद रामकुमार राई (पासाङ)को नेतृत्वमा सबै राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल लगायतका विभागीय मन्त्रीहरूलाई भेटेर तत्काल सुनकोशीको फोक्सिङटारमा बेलिब्रिज निर्माण गर्न माग गरेका थिए। 

त्यसलगतै प्रधानमन्त्री ओलीले सडक विभागलाई निर्देशन दिएर फोक्सिङटारमा बेलिब्रिज निर्माणको काम अगाडि बढाउन निर्देशन दिएका थिए।

बेलिब्रिज निर्माणको ठेक्का पाएको आरएन कन्स्ट्रक्सन कटारीका प्रोप्राइटर रविन्द्रबहादुर खड्काले  करोड २९ लाख ४६ हजार ७७.७९ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी बेलिब्रिज जडानको काम सम्पन्न गरेको बताए। ५० मिटर लम्बाइ र साढे ६ मिटर चौडाइ रहेको बेलिब्रिजबाट एकतर्फी यातायातका साधन सञ्चालन गर्न सकिने छ। 

बेलिब्रिज जडानले अस्थायी रूपमा भए पनि खोटाङवासीलाई सुविधा पुगेको खोटाङका निर्माण व्यवसायी फडिन्द्र आचार्यले बताए। उनले तत्काल फोक्सिङटारमा पक्की पुल निर्माण गरी खोटाङबाट कोशी प्रदेश राजधानीसम्म आवतजावतमा सहज बनाउन सरकारसँग माग गरे।

बेलिब्रिज जडान भएसँगै खोटाङवासीलाई तराईका जिल्ला आवतजावत गर्न र दैनिक उपभोग्य वस्तुहरूको ढुवानी गर्न सहज भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का अध्यक्ष नवराज राईले बताए। सरकारले दिक्तेल–गाईघाट सडकमा यातायातका साधन सञ्चालनमा सहज बनाउने र खोटाङवासीको कष्टकर जीवनलाई सहज बनाउने उद्देश्यले सुनकोसीको फोक्सिङटारमा २२ करोड ६७ लाख ११ हजार रुपैयाँ लागतमा ठेक्का लगाएर पक्की पुलको निर्माण सम्पन्न गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.