मलेसियाले किन निष्काशित गर्‍यो १३ जना नेपालीलाई ?

मलेसियाले किन निष्काशित गर्‍यो १३ जना नेपालीलाई ?
सुन्नुहोस्

मलेसियाको अध्यागमनले कम्पनी फेर्ने,ओभर स्टे र आपराधिक गतिविधिमा संलग्न नेपालीलगायत त्यहाँ कार्यरत विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ ।

काठमाडौं : मलेसिया सरकारले त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन(डिपोर्ट) गरेको छ । उनीहरू गत साता काठमाडौं आइपुगेका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका उनीहरूले कम्पनी फेर्ने,प्रवेशाज्ञाको म्याद सकिएपछि समेत काम गर्नेलगायत अध्यागमन कानुन उल्लंघन गरेपछि मलेसिया सरकारले निष्काशन गरेको हो । 

अध्यागमन प्रहरीले पक्राउ गरेपछि अनुसन्धान गरी मालिन्दो एयरलाइन्सको जहाजबाट उनीहरूलाई नेपाल पठाएको हो ।  त्यसरी निष्काशित हुनेहरूमा जय कुमार यादव, भुदान सदा, सन्देश भुसाल, सन्तोष थापा, अविनास ठकुरी, आशिष पन्याङ, रामकुमार,  लालसी बुढा, मान बहादुर गुरुङ, विष्णे महरा चमार, राज कुमार खत्री,सोनु विक  र कमल कुमार शाही छन् । 

उनीहरूले के-कस्तो अध्यागमन कानुन उल्लंघन गरे भन्नेबारे भने केही खुलेको छैन् । निष्काशित भएका कतिपयले त नेपालको राहदानी फ्याकेर गैरकानुनी र असुरक्षित ढंगले काम गर्दै आएको खुलेको छ।

मलेसियाको अध्यागमन प्रहरीले  गैरकानुनी रुपले काम गरेको भेटिएपछि फरक-फरक समयमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले के-कस्तो अध्यागमन कानुन उल्लंघन गरे भन्नेबारे भने केही खुलेको छैन् । निष्काशित भएका कतिपयले त नेपालको राहदानी फ्याकेर गैरकानुनी र असुरक्षित ढंगले काम गर्दै आएको खुलेको छ।

मलेसिया श्रमिकहरूका लागि आकर्षक मुलुकम मानिन्छ । नेपालले श्रम सम्झौता गरी विगत लामो समयदेखि नेपाली श्रमिकहरूलाई कामका लागि मलेसिया पठाउँदै आएको छ । मलेसियाको अध्यागमनले कम्पनी फेर्ने,ओभर स्टे र आपराधिक गतिविधिमा संलग्न नेपालीलगायत त्यहाँ कार्यरत विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ ।


 

यो पनि पढ्नुहोस


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.