जनसंख्याको आधारमा निजामती सेवामा आरक्षण राख्न सुझाव

जनसंख्याको आधारमा निजामती सेवामा आरक्षण राख्न सुझाव
सांकेतिक तस्बिर
सुन्नुहोस्

काठमाडौं : विभिन्न संवैधानिक आयोगका प्रमुखहरूले संघीय निजामती सेवामा आरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि धारणा राख्दै उनीहरूले जनसंख्याको आधारमा निजामती सेवामा आरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन्।

बैठकमा आदिवासी जनजाति आयोगले आयोगका अध्यक्ष रामबहादुर थापा मगरले संविधानको मर्म र भावना विपरीत आरक्षणलाई अवमूल्यन गर्न नहुने बताए। उनले समानुपातिक व्यवस्थाको हत्या गर्ने वा त्यसबाट पछि हट्न नहुने उल्लेख गरे।

त्यस्तै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले निजामती सेवा विधेयकमा समावेशीकरणलाई फितलो रुपमा प्रस्तुत गर्न खोजेको आशंका व्यक्त गरे।

त्यस्तै मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले क्लस्टर अनुसार छुट्न गएको अवस्थाम अर्को विज्ञापनमा क्षतिपूर्ति दिने गरि विज्ञापन आह्वान गर्नुपर्नेमा जोड दिए।
त्यस्तै अन्य आयोगका प्रतिनिधिहरूले पनि महिला आरक्षणलाई समेत थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विभिन्न सरोकारवाला निकायसंग निरन्तर छलफल गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.