केयूको उपकुलपतिमा १७ जनाको आवेदन, मेडिकल डाक्टरले दिन नपाउने

केयूको उपकुलपतिमा १७ जनाको आवेदन, मेडिकल डाक्टरले दिन नपाउने
सुन्नुहोस्

उपकुलपति छनोट समितिले बनाएको कार्यविधि खारेजीको माग राख्दै डाक्टरहरू सर्वोच्चमा गएका थिए। कार्यविधिका मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने उल्लेख छ।

धुलिखेल : काठमाडौं विश्वविद्यालयमा मेडिकल डाक्टरहरूले उपकुलपतिमा आवेदन दिन नपाउने भएका छन्। सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आइतबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। 

अन्तरिम आदेश जारी नभएपछि डाक्टरहरूले केयूको उपकुलपतिका लागि आवेदन दिन नपाउने भएका हुन्। काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन्। जसमध्ये १४ जना केयूका प्राध्यापक र बाहिरबाट ३ जनाले आवेदन परेको छ। 

उपकुलपति छनोट समितिले बनाएको कार्यविधि खारेजीको माग राख्दै डाक्टरहरू सर्वोच्चमा गएका थिए। कार्यविधिका मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने उल्लेख छ।

उपकुलपतिका लागि आवेदन दिने समय आजै सकिएको छ। छनोट समितिले सर्ट लिस्ट तयार गरेर अन्तर्वार्ता लिने र तीन जनाको नाम सिफारिस गर्ने जनाएको छ। यस अगाडि १० दिनको समय दिएर पौष १८ गते आवेदन खुलाइएको थियो। माघ ६ गतेदेखि उपकुलपति प्रा.डा. भोला थापाको चार वर्षे कार्यकाल सकिँदैछ। 

यसैबीच काठमाडौं विश्वविद्यालय (केयू) र धुलिखेल अस्पतालबीचको विवाद समाधान र सक्षम नेतृत्व पाउनको लागि फ़्याकल्टी अनुसार प्राध्यापकहरुको बहस छलफल जारी रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.