सचिवहरूको सरुवा (सूचीसहित)

सचिवहरूको सरुवा (सूचीसहित)
फाइल तस्बिर

काठमाडौं : सरकारले केही सचिवहरूको सरुवा गरेको छ। मन्त्रिपरिषदको पुस २६ गतेको निर्णयअनुसार विनोद सिंहलाई पर्यटन मन्त्रालय, कृष्णहरि पुस्करलाई श्रम रोजगार तथा सामाजिक मन्त्रालय, लक्ष्मी बस्नेतलाई महिला तथा बालबालिका मन्त्रालय, रविलाल पन्थलाई संघीय मामिला मन्त्रालय र भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ। 

त्यसैगरी गणेश पाण्डेलाई महालेखा नियन्त्रण कार्यालय, दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालय, हरि लम्साललाई युवा तथा खेलकुद मन्त्रालय र सुमन लाल अर्याल र चूडामणि शर्मा पौडेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो। 

त्यस्तै मुकुन्दप्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालय, महादेव पन्थलाई बागमती प्रदेश सचिव, मदन भुजेललाई कामु मधेश प्रदेश र बाबुराम अधिकारीलाई कामु लुम्बिनी प्रदेश सचिवमा सरुवा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.