माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता

माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता
सुन्नुहोस्

काठमाडौं : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले विपद्पश्चातको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि योजना स्वीकृत भएसँगै लाभग्राहीसँग सम्झौता प्रक्रिया अघि बढ्ने जनाएको छ। 

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६ औँ बैठकले भूकम्प र मनसुनजन्य विपद्पश्चातको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि योजना स्वीकृत गरेको जानकारी दिँदै अब आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थानली हुने जनाएको हो। 

प्राधिकरणका सहसचिव डा. भीष्म कुमार भुसालले विपदबाट भएको क्षतिको विस्तृत आकलन नभएका क्षेत्रमा माघ २ गतेदेखि क्षतिको विवरण संकलन हुने बताए।

लाभग्राहीसँग सम्झौता भएसँगै पहिलो किस्तामा ५० हजार उपलब्ध गराउने र तीन किस्तामा पूर्णता दिइने भुसालले बताए। उनले स्थानीयस्तरमा नै इन्जिनियर खटाउने र पुनर्निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर कायम गरिने बताए।

उनले पुनर्निर्माण र पुनर्स्थापनाका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने र स्थानीयलाई पनि परिचालन गरिने उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.