राष्ट्रपति पौडेलद्वारा नयाँ संसद भवनको अवलोकन

राष्ट्रपति पौडेलद्वारा नयाँ संसद भवनको अवलोकन
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन नयाँ संघीय संसद भवनको अवलोकन गरेका छन्। सोमबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन्। 

सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायतले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए। अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। राष्ट्रपति पौडेलले सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिए।

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको नयाँ संसद भवनको संरचना निर्माण गरिएको छ। १ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भू-भागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। 

संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.