राष्ट्रपतिले रोके भूमिसम्बन्धी अध्यादेश, बाँकी चार वटा अध्यादेश जारी

राष्ट्रपतिले रोके भूमिसम्बन्धी अध्यादेश, बाँकी चार वटा अध्यादेश जारी
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन्। सरकारले सिफारिस गरेका चार अध्यादेशहरू राष्ट्रपति पौडेलले सोमबार जारी गरेका हुन्।

जसमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संसोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ रहेका छन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यदेशहरू जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। 

राष्ट्रपति पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश भने रोकेका छन्। पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पनि प्रमाणीकरणका लागि सिफारिस गरेको थियो। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.