काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। तिब्बतस्थित सिगात्से सहरको डिङ्ग्री काउन्टी, शिजाङ स्वायत्त क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प गएको हो। सोमबार साँझ ६.४२ मिनेटमा शिजाङ केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि पनि सोही क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।