सुकुटे आइपुगे माओवादी अध्यक्ष प्रचण्ड

सुकुटे आइपुगे माओवादी अध्यक्ष प्रचण्ड
सुन्नुहोस्

सिन्धुपाल्चोक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आइपुगेका छन्।

 
माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८औं पुरुष र ७औं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड सोमबार साँझ सुकुटे आइपुगेका हुन्। प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन्। 

प्रतियोगिताको संयोजन नेपाल भलिबल संघले गर्नेछ भने सुकुटे क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि विशेष सांगीतिक कार्यक्रम पनि आयोजना गरिनेछ। प्रतियोगिताको तयारी र सहकार्य सुनिश्चित गर्न तीन संस्थाबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।

सुकुटे नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ। पहिलो पटक नेपालमा हुन लागेको यस प्रकारको राष्ट्रिय स्तरको बीच भलिबल प्रतियोगिताले सुकुटे क्षेत्रको पर्यटन र खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको आयोजक सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको सचिव कृष्णबहादुर सापकोटाले जानकारी दिए।

आयोजकले प्रतियोगितालाई भव्य र सफल बनाउन सम्पूर्ण सरोकारवाला, खेलप्रेमी, राजनीतिकर्मी, जनप्रतिनिधि, स्थानीय क्लब तथा संघ-संस्थाहरूलाई सक्रिय साथ र सहयोग गर्न अपील गरेका छन्। सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिंह थापाले प्रतियोगिता सफल बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए। उनले सिन्धुपाल्चोकको पहिचान झल्काउने यस विशेष प्रतियोगिताले खेलकुदसँगै सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सो अवसरमा प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले पत्रकार महासंघ सिन्धुपाल्चोकमा निर्वाचित २८ जना सदस्यहरूलाई सम्मान गर्नुको साथै प्रचण्डसँग पत्रकार भेटघाटको कार्यक्रमसमेत गर्ने कार्यक्रम तय भएको जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.