प्रहरीले यसरी निभाए बिजुलीको पोलमा लागेको आगलागी (भिडियो)
काठमाडौं : काठमाडौंको बौद्धस्थित पिपलबोट नजिकै रहेको बिजुलीको पोलमा आगलागी भएको छ। स्थानीयका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हो।
बिजुलीको पोलमा आगलागी भएपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए। प्रहरीले फायर एक्सटिंग्विशरले आगो निभाएका थिए। काठमाडौंमा रहेका बिजुलीको पोलहरू असुरक्षित बन्दै गएको छ। पोलमा रहेका अव्यवस्थित तारहरूका कारण आगलागी हुँदै आएको प्रहरीले जानकारी दिएको छ।