लागूऔषध कारोबारी पक्राउ, घरमै ग्राहक बोलाएर गराउथे सेवन
सिरहा : लहान नगरपालिका-१ स्थित पानी ट्यांकी नजिकै घर भएका ४५ वर्षीय दयाराम ठाकुर लागूऔषधसहित पक्राउ परेका छन्। ठाकुरले आफ्नै घरमा लागूऔषध बेचबिखन गर्दै आइरहेको प्रहरीले जनाएका छन्।
प्रहरीको टोली ठाकुरको घरमा पुग्दा उनले आफ्नो दायाँ हातमा कालो रंगको प्लास्टिक पोका बोकेका थिए। प्रहरीले चेकजाँच गर्दा त्यहीँ झोलामा डाईजीपाम इन्जेक्सन ३० एम्पुल, प्रोमेथोजाईन हाइड्रोक्लोराइड ३० एम्पुल, बुपेमुनमफेनिक इन्जेक्सन ३१ एम्पुल गरी ९१ एम्पुल र कफलिनकुटस् आरजेट-स्केन १४ बोतल लागूऔषध बरामद गरेका छन्।
जिल्ला प्रहरी प्रवक्ता तथा डीएसपी विरेन्द्र पासवानका अनुसार ठाकुरको घर आँगन खानतलासी गर्दा कोठाको उत्तर-दक्षिण कुनामा छोपी राखेको अवस्थामा फेला परेको कालो रंगको प्लाष्टिक पोकामा मानिसको रगत लागेको निडिल बाङ्गिएको अवस्थामा प्रयोग भएको सिरिन्च ८ थान, निडिल प्रयोग नभएको सिरिन्च ७ थान, निडिल प्रयोग भएको सिरिन्च ३, थान, बटा सेटलाई रबरले बाँधिएको सेट ११ थान, जम्मा प्रयोग भएको एम्पुल ३३ थान र सोही पोका भित्रबाट डब्लुआईएक्सडीआइएन १०० एमएल लेखिएको बिर्को सहितको खाली बोतल ३ थान फेला परेको छ।
सोमबार जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद लिई ठाकुरलाई इलाका प्रहरी कार्यालय लहान राखेर थप अनुसन्धान गरिरहेको प्रवक्ता पासवानले बताए।