क्यालिफोर्नियाको आगलागी : मृत्यु हुनेको संख्या २४ पुग्यो, मंगलबार झन् तीव्र हावा चल्ने चेतावनी

क्यालिफोर्नियाको आगलागी : मृत्यु हुनेको संख्या २४ पुग्यो, मंगलबार झन् तीव्र हावा चल्ने चेतावनी
सुन्नुहोस्

काठमाडौं : अमेरिकाको क्यालिफोर्नियामा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ। क्यालिफोर्नियाका गर्भनर गभिन न्युसमले २४ जनाको मृत्यु भएको पुष्टि गरे। क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागी अमेरिकी इतिहासकै ठूलो प्राकृतिक विपत्ति रहेको उनले जानकारी दिएका छन्।

आगलागीबाट हजारौं घरहरू जलेर ध्वस्त भएका छन्। उनका अनुसार आगलागीबाट कम्तिमा एक लाख मानिसहरू विस्थापित भएका छन्। जंगलबाट लागेको आगलागी तेज हावाका कारण बस्तीसम्म आइपुगेको र हप्ता दिनसम्म पनि आगलागी नियन्त्रण बाहिर रहेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्।

आगलागी नियन्त्रणमा आउन नसकेपछि थप ८७ हजार मानिसलाई घर छाड्न निर्देशन दिइएको बीबीसीले उल्लेख गरेको छ। उनीहरूलाई बिहीबारसम्म त्यस क्षेत्रमा जान वर्जित गरिएको छ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रभावित क्षेत्रमा आगो नियन्त्रण र उद्धारको काममा भइरहेको ढिलाइप्रति विरोध जनाएका छन्। उनले सही तरिकाले उद्धारकार्य नभएको भन्दै त्यहाँका निकाय प्रमुखहरूको निन्दा गरेका हुन्। उनले जनप्रतिनिधिलाई प्रत्यक्षरूपमा उद्धारमा खटिन अपील गरेका छन्।

मंगलबार झन् तीव्र हावा चल्ने चेतावनी
यसैबीच मंगलबार हावाको बेग झन् बढ्ने अनुमान गरिएको छ। गत सोमबार-बुधबारको बीचमा ५५-७० माइल प्रतिघन्टा चलेको हावा मंगलबारदेखि ८८-११२ माइल प्रतिघन्टा चल्ने अनुमान गरिएको छ। हावाको वेग बढ्ने भएपछि प्रभावित क्षेत्रमा 'रेड अलर्ट' जारी गर्दै सुरक्षा अपनाउन आग्रह गरिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा १४ हजार कर्मचारीलाई उद्धारमा खटाइएको छ। उद्धारका लागि अन्य क्षेत्रहरूबाट कर्मचारीहरू आउने क्रम जारी रहेको बताइएको छ। त्यस्तै क्यालिफोर्नियाका कम्तिमा एक जार कैदीहरूलाई पनि आगो नियन्त्रण तथा उद्धारमा खटाइएको छ।

क्यालिफोर्नियाको तीन क्षेत्रमा लागेको आगलागी निभाउन ५ हजार बढी अग्निनियन्त्रकहरू खटिएका छन्। पछिल्लो तथ्यांकअनुसार सबैभन्दा ठूलो प्यालिसेड्स क्षेत्रमा आगलागी भएको छ। जहाँ, २३ हजार एकडभन्दा बढी जमिनमा आगालगी भएको छ। त्यस क्षेत्रमा १३ प्रतिशत आगलागी नियन्त्रमा आइसकेको अधिकारीहरूले जनाएका छन्।

त्यस्तै इटन क्षेत्रमा १४ हजार एकड जमिनमा आगलागी भएको र त्यसमध्ये ३३ प्रतिशत आगलागनी नियन्त्रमा आइसकेको छ भने सबैभन्दा कम हर्स्ट क्षेत्रमा ७९९ एकड जमिनमा आगलागी भएको छ। त्यस क्षेत्रमा करिब नियन्त्रणमा रहेको बताइएको छ। त्यहाँ अहिले ११ प्रतिशत आगलागी नियन्त्रण हुन बाँकी रहेको बीबीसीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.