हात खाली नजाने अन्नपूर्णको वार्षिक ग्राहक योजना सुरु

हात खाली नजाने अन्नपूर्णको वार्षिक ग्राहक योजना सुरु
सुन्नुहोस्

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले हात खाली नजाने ‘जसले पढ्छ, अवश्य पर्छ’ वार्षिक ग्राहक योजना आजबाट सुरु गरेको छ । अन्नपूर्ण पोस्ट् र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक नवीकरण गर्ने र नयाँ वार्षिक ग्राहक बन्ने पाठकले ग्राहक बन्नासाथ हातहातै उपहारै उपहार पाउने छन् । 

वार्षिक ग्राहक शुल्क अन्नपूर्ण पोस्टको तीन हजार चार सय रुपैयाँ र द अन्नपूर्ण एक्सप्रेसको पनि तीन हजार चार सय रुपैयाँ रहेको छ ।

‘अन्नपूर्ण पोस्ट् र द अन्नपूर्ण एक्सप्रेसमा यो ग्राहक योजना लागू छ’ अन्नपूर्ण मिडिया नेटवर्कका बिक्रीबितरण विभाग प्रमुख कृष्णभक्त श्रेष्ठले भने ‘ग्राहक बन्नासाथ उहाहरुले हातहातै उपहार पाउनुहुनेछ ।’ उनका अनुसार वार्षिक ग्राहक बन्नेले हातहातै वन्डरल्याण्डको १५ सय रुपैयाँको भौचर(जहाँ रोमाञ्चित खेलको मज्जा लिन सकिनेछ), साथै आइएनआई सिनेमाको मुभि भौचर पाउनेछन् ।  

यो नलिए उनीहरुले छनोट पनि गर्न पाउँछन् । जसमा नगद ५ सय देखि ३४ सय सम्मको नगद छुटको स्क्रयाच कार्ड साथसाथै आईएनआई सिनेमाको मुभि भौचर र अन्नपूर्ण केबलकारको टिकट पाउनेछ ।

त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता लक्की ड्रबाट ओपोको मोबाइल फोन सहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउनेछन् । मासिक पुरस्कारमा वासिङ मेसिनसहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउनेछन । यो वार्षिक ग्राहक योजना देशभर लागू भएको छ । ४ महिना सम्म संचालन हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.