ग्लोबल डायरी, व्यापारलाई ग्राहकसँग प्रत्यक्ष जोड्ने सामाजिक सञ्जाल
काठमाडौं :
हो ग्लोबल डायरी ?
यो एक सोसियल नेटवर्किङ साइट हो। जुन फेसबुक, लिकंइन र इन्टाग्रामजस्तै हुन्छ। फेसबुक, लिकंइन र इन्टाग्राम एक प्रयोगकर्तादेखि अर्को प्रयोगकर्तासँग जोडिरहनका लागि हुन्छ भने ग्लोबल डायरी व्यापारलाई ग्राहकसँग प्रत्यक्ष रूपमा जोड्ने सामाजिक सञ्जाल हो। जहाँ व्यापार र ग्राहकसँग जोडिनेमात्रै नभई ग्राहक र कर्मचारी, कर्मचारी र व्यापारी पनि जोडिन सकिन्छ। ग्लोबल डायरी हेर्दा र चलाउँदा फेसबुकजस्तै हुन्छ तर त्यसको डाटा, इन्फरमेसन चाहिँ अलि फरक व्यापारलाई सपोर्ट गर्ने हुन्छ।
हाल टेक्नोलोजीको युगमा सबैभन्दा बढी प्रयोग डिजिटल मार्केट हन्छ। सबै व्यापारीहरूले आफ्नो बिजनेस बढाउनको लागि डिजिटल प्याटफर्म प्रयोग गर्छन्। जसका लागि धेरै च्यानल र मल्टिपल प्याटफर्मको आवश्यकता पर्दछ। जसले गर्दा डलरको समस्याहरू धेरै हुने गर्दछन्, जसको प्रत्यक्ष असर मार्केटिङमा पर्दछ।
धेरै मूल्य पर्ने भएकोले सानुुुसानु बिजनेसहरूले डिजिटल मार्केट प्रयोग गर्न सकिरहेको हँुदैन। सोही कारण सानुभन्दा सानु समस्या सुल्झाउन ग्लोबल डायरीको स्थापना भएको ग्लोबलको सह– संस्थापक भगवान् दास अग्रहरी बताउँछन्।
‘अहिलेको जमाना डिजिटल युगमा छ। डिजिटल मार्केट नगरी कुनै पनि वस्तुको ब्रान्डिङ गर्न सम्भव हुँदैन। ठूलो लगानीमा खोलिएका र धेरै रकम भएका कम्पनीहरूलाई त्यति समस्या नहोला तर चार, पाँच सयका उत्पादनहरूलाई भने समस्या हुन्छ। त्यसैले सानुभन्दा सानु व्यापारमा सहयोग गर्नका लागि ग्लोबल डायरी स्थापना गरिएको हो।’ उनले भने,‘ किनकि डिजिटल मार्केटमा गरिने खर्च अनि १० ओटा प्याटफर्ममा गएर गरिने खर्च एउटैमा भएपछि खर्च पनि कम हुन्छ र झन्झट पनि हुन्न।,’
यस्तै ग्लोबल डायरी एक एग्रिगेड सोसियल नेटवर्ककिङ साइट हो। जहाँ बिजनेसको सबै डिजिटल आवश्यकतहरू पूरा हुन्छन्। सानो बजेटमा आफ्नो बिजनेस सबैसम्म पुर्याउन सकिन्छ।
कसरी गर्न सकिन्छ लग इन् ?
ग्लोबल डायरीमा लग इन् हुनको लागि फेसबुक तथा लिंकइन्मा जस्तै सहज छ। सुरुमा आफ्नो इमेल र पार्सवोर्ड राखेर रजिस्टर गर्न सकिन्छ। त्यसपछि लगइन् गर्नका लागि बाँकी दुई तीनओटा सूचना राखेपछि प्रोफाइल बन्छ। र प्रोफाइल बनेपछि कम्पनीको प्रोफाइल बनाउनु छ भने फेसबुकमा जस्तै गरी कम्पनीको पेज बनाउन सकिन्छ जुन सबै सस्क्राइभ बेसमा हुन्छ। तर, एक वर्षसम्म सस्क्रिप्सनको कुनै पनि शुल्क नलाग्ने सह–संस्थापकको भनाइ छ।
‘हामीले प्रोफाइल युजरहरूसँग सुरुमा नै शुल्क लिँदैनौं। किनभने, पहिला उसले हाम्रो सिस्टम प्रयोग गरेर कमाओस् अनि कम्पनीलाई पनि दिओस्, भन्ने चाहना हो। त्यसैले हामीले पहिलो सुरुको एक वर्ष ‘फ्रि’ (पैसा नलिई) मा सस्क्राइभ गर्न मिल्ने र पछि गएर रिन्यु गरेपछि मात्रै एक, दुई हजारमा प्रतिवर्षको लागि प्याकेज तयार गरेका छौं। ’
यसैगरी ईकमर्स बिजनेसमा डिजिटल मार्केटकोे प्रोडक्टमा अफरहरू धेरै हुन्छन् तर अफरसम्म पुग्न नसक्दा ईकमर्सले क्लाइटहरू पाइरहेका हुँदैनन्। तर, यसको उपाय ग्लोबल, डायरीले दिने उनी बताउँछन्।
‘यो एक एग्रिगेड कम्पनी हो। जुन एआईले नियन्त्रण गरिरहेका हुन्छ। सबै कुरा फिल्टर्ड र एआई नियन्त्रित हुन्छ। यदि तपाईंले ल्यापटप लिनु र ग्लोबल डायरीको पेजमा आफूले खोजेको फिचरहरू राख्नुभयो भने तपार्इंले त्यहाँ भएका सबै बिजनेसमा हेरिरहनु पर्दैन, यहाँको एआईले आफैं खोजेर यो यो छ भनेर तपाईंहरूलाई भनिदिन्छ। यस्तै ग्लोबल डायरीबाट काम खोज्दा पनि एआईले हामीहरूले उपलब्ध गराएको डेटा, सीभी हेरेर तपाईंको क्वालिफिकेसनको आधारमा कुन काम सुट छ, त्यो काम सबैभन्दा माथि ल्याएर राखिदिन्छ।
'हाल यस कम्पनीले एक हजारभन्दा मानिस र व्यापारीहरूलाई ‘एपोर्च’ गरेको छ। र जहाँ ९८ प्रतिशतभन्दा बढी मानिसले सकारात्मक प्रतिक्रिया दिएको भगवान् दासको भनाइ रहेको छ। उनी भन्छन्, ‘ग्लोबल डायरीले डिजिटल मार्केटको ५० प्रतिशतभन्दा बढी आवश्यकतालाई लगानी कम गर्छ। एआई नियन्त्रित हुने भएको भएर आफूलाई जे चाहियो, त्यो मात्रै आउने गर्छ। त्यसैले ९८ प्रतिशत मानिसले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। ’
ग्लोबल डायरीले के के समस्या सुल्झाउँछ ?
१. डिजिटल मार्केटको उपस्थिति र प्रभावकारी मर्मतसम्भार
२. न्यूनतम लागत र समयमा दक्ष र प्रतिभाको खोजी गर्न सहयोग
३. संस्थाका समाचार, कार्यक्रमलगायत अन्य घटना सम्प्रेषण गर्ने।
४.विश्वासनीय बीटूबी र बीटूसी बिक्रेताहरूको पहिचान र छनोट गर्न सहयोग।
५. कुनै पनि कामको लागि उपयुक्त डिजिटल प्याल्टफर्म छान्न सहयोग गर्ने।
६. डिजिटल प्लेटफर्मको नेतृत्व लिन र व्यवस्थापन गर्न महँगा डिजिटल प्याल्टफर्मको विकल्प बन्न सक्ने
कम्पनीले के के फाइदा लिन सक्छन् ?
१. डिजिटल मार्केटको लागि हुने गरेको ५० प्रतिशतभन्दा बढी खर्च कम हुन्छ।
२. सजिलैसँग कर्मचारी लिन सकिने।
३. संस्थाका समाचार, कार्यक्रम सजिलैसँग सबै ठाउँमा पुर्याउन सकिने।
४. सबै ईकमर्स र अनलाइन साइटको समस्या हटाई ग्राहकहरूलाई सहयोग गर्ने।
५.कुनै पनि व्यापारले बिना झन्झन्ट व्यायार बढाउन वास्तविक नेतृत्व र राम्रो विज्ञापन गर्न सक्नेछन्।
प्रयोगकर्ताले के पाउँछन् ?
१. कुनै पनि कम्पनीले गरेका विज्ञापन सजिलै प्राप्त गर्न र नयाँ अवसर प्राप्त गर्न सकिन्छ।
२. लिंकइनमा जस्तैगरी कम्पनीले पनि आफूलाई चाहिएको कर्मचारी छान्न पाउने,
३. आफूलाई चाहिएको कुनै पनि सेवा र वस्तुहरू छानेर लिन सकिने।
४.ताजा समाचारहरू र कार्यक्रमबारे जानकारी हुने।
५. व्यापारको लागि चाहिने सल्लाह र सुझाव लिन सकिने।
६.सजिलैसँग आफूलाई चाहिएको सामान र बिक्रेता प्राप्त गर्न सकिने।
के के छन् समस्या ?
स्टार्र्टअप बिजनेसको गर्दा प्रायः सबैले समस्या भोगेका हुन्छन्। नेपालको नीति नियमदेखि स्टाटअपलाई कसरी गराउने भन्ने त छँदैछन् त्यससँगै स्टाटअपलाई कसैले सजिलोसँग फन्ड नदिने र विश्वसनीय कर्मचारी नहुने उनी बताउँछन्।
‘स्टार्टअपको मुख्य समस्या भनेको फन्ड रेज हो। त्यसँगै यहाँ विश्वासनीय कर्मचारी कमै मात्रामा हुन्छन्। मानौं एक ठाउँमा काम गरिरहेको हुन्छ, त्यहाँ उसकै नेतृत्वमा काम भइरहेको छ भने पनि अलि राम्रो सेवा र सुविधा पाउनसाथ छोडिदिन्छ। जसकारण बीचैमा छोड्दा गरिरहेको काम गर्न गाह्रो हुन्छ। ’
छिट्टै बजारमा लन्चमा हुँदै ग्लोबल डायरी
यो प्रडक्ट अब छिट्टै बजारमा लन्च हुँदै छ। नेपालका लागि यो ठूलो प्रडक्ट हो। जसको लगानी करिब डेढ करोड रहेको छ। यसलाई नेपाली युजरले साथ दिए भने यो विश्व बजारमा नेपालबाट प्रतिनिधित्व गर्ने ठूलो आईटी कम्पनी हुनेछ। विश्व आईटी बजारको सिग्नेचर प्रडक्ट हुने यसका सञ्चालकहरू बताउँछन्।