रूकुम पूर्वमा २४ वर्षपछि फरार प्रतिवादी पक्राउ

रूकुम पूर्वमा २४ वर्षपछि फरार प्रतिवादी पक्राउ
सुन्नुहोस्

रूकुम पूर्व : रूकुम पूर्वमा पुस महिनामा मात्रै २९ जना प्रतिवादी पक्राउ परेका छन्। जसमा १० महिनादेखि २४ वर्षपहिले सम्मका फरार प्रतिवादी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वी भागले सोमबार मासिक पत्रकार भेटघाट कार्यक्रम अन्तर्गत पक्राउ प्रतिवादीहरूको विवरण सार्वजनिक गरेको हो।  

२४ वर्षपछि पक्राउ पर्नेमा भूमे गाउँपालिका स्थित महेन्द्र दमाई रहेको प्रहरी नायब उपरीक्षक माधव राज खरेलले बताए। खरेलका अनुसार उनी कर्तव्य ज्यान मुद्दामा २४ वर्षपछि पक्राउ परेका हुन्। त्यस्तै पुथा उत्तरगंगा गाउँपालिका स्थित कुमारी बुढा मगर २० वर्षपछि लागू औषध मुद्दामा, भूमे गाउँपालिका स्थित फसरी बुढा ९ वर्ष पछि लागू औषध मुद्दामा, पुथा उत्तरगंगा गाउँपालिका स्थित ढाँट पुन ७ वर्ष पछि बहुविवाह मुद्दामा र पुथा उत्तरगंगा गाउँपालिकाकै २१ वर्षीय एक पुरुष १० महिनापछि साइबर क्राइम मुद्दामा पक्राउ परेका हुन्। 

अभद्र व्यवहार, जबरजस्ती करणी, लागू औषध, झुन्डिएर आत्माहत्या, चोरी र भवितव्य मुद्दामा ७ ओटा मुद्दा दर्ता भएकोमा एउटा मुद्दा फर्छ्यौट भएको छ भने ६ ओटा मुद फर्छ्यौट हुन बाँकी रहेको छ। त्यसमा सबै प्रतिवादी पक्राउ भैइसकेका छन्। 

यो पुस महिनामा एक जनाले आत्माहत्या गरेका छन् भने ५ किलो ८ सय १८ ग्राम लागू औषध चरेशसहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

२४ वर्ष पछि सम्मका फरार प्रतिवादी पनि पक्राउ पर्नुले सबैलाई अपराध गरेपछि कानुनले जति वर्षपछि पनि नछोड्ने रहेछ भन्ने कुराको पुष्टि भएको डिएसपी खरेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.