म आयु चाहिँ घोषणा गर्न सक्दिनँ, तर यो सरकार धेरै टिक्दैन : प्रचण्ड

म आयु चाहिँ घोषणा गर्न सक्दिनँ, तर यो सरकार धेरै टिक्दैन : प्रचण्ड
फाइल तस्बिर।

सिन्धुपाल्चोक : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले  वर्तमान सरकार टिकिराखोस् भन्ने चाहना नरहेको स्पष्ट पारेका छन् । उनले यो सरकार छिट्टै आफैं ढल्नेसमेत दाबी गरे । सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटेमा मंगलबारदेखि सुरु हुने राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न आएका उनले प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले गरेको पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा पार्टी अहिले नै सरकार गिराउने र सरकारमा जाने अभ्यासमा नरहेको दाबी गरे । 

‘यो सरकार असंवैधानिक र अप्राकृतिक छ । त्यसैले सरकार टिकिराखोस् भन्ने हाम्रो चाहना छैन,’पूर्वप्रधानमन्त्री समेत रहेका  प्रचण्डले भने,‘मैले मिति घोषणा गर्न सक्दिनँ । तर, यो सरकारको आयु चाहिँ धेरै छैन ।’ सरकारको क्रियाकलाप हेर्दा नै यो धेरै नटिक्ने अवस्था आएको उनको भनाइ छ । अहिले आफूहरू जनताको बीचमा रहेको र त्यहीँ रिल्याक्स मिलिरहेकाले सरकार गिराउने र बनाउने खेलमा पार्टी नगाल्ने जिकिरसमेत अध्यक्ष दाहालले गरे । 

सरकारलाई असंवैधानिक,अप्राकृति संज्ञा दिँदै उनले यसको नियतमा खोट रहेको बताए । उनले अघि थपे,‘दुई तिहाइको सरकार भए पनि संसद् छलेर अध्यादेशमार्फत मुलुक चलाउने चेष्टा भइरहेको छ । यो निरिह सरकार हो ।’

संविधानको एउटा धारा छाडेर अर्को प्रयोग गरी सरकार बनाइएकाले यो असंवैधानिक र अप्राकृतिक रहेको दाहालले तर्क गरे । उनले दबाबमार्फत् राष्ट्रपतिलाई निकै ठूलो धर्मसंकटमा पारेर यो सरकार बनाइएको उनले दाबी गरे ।

‘राष्ट्रपति उपधारा ७६ को ३ अनुसारै सरकार बनाउन चाहानुहुन्थ्यो । तर, उहाँलाई दबाब दिएर ठूलो धर्मसंकटमा पारियो,’उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.