रेड्मी नोट १४ सिरिज सार्वजनिक
काठमाडौं : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा रेड्मी नोट १४ सिरिजका नयाँ फिचरहरू प्रस्तुत गर्दै कम्पनीले स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पुर्याउने तयारी भएको जनाएको छ।
रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेलहरू रहेका छन् । यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर,स्टाइलिस डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकाले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ । सबै नेपाली ग्राहकमा शाओमीको उच्च–गुणस्तरलाई पहुँचयोग्य बनाउने प्रतिबद्धतालाई यसले निरन्तरता दिएको छ ।
रेड्मी नोट १४ सिरिज सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,'शाओमीको मुख्य उद्देश्य भनेको स्मार्टफोनले दिनसक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको छ । रेड्मी नोट १४ सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप–स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरुले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौँ ।'
रेड्मी नोट १४ प्रो+५जीः आइकनिक शट्स,टिकाउपन र बोल्ड डिजाइन
मुख्य विशेषताहरू
स्टाइलिश डिजाइन र उच्च टिकाउपन : रेड्मी नोट १४ प्रो+ ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेको कम्पनीले जनाएको छ । यसमा आइपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ जसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ । ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ । यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँदछ ।
स्न्यापड्रागन ७ एस जेन ३ को उच्च प्रदर्शनः रेड्मी नोट १४ प्रो+ ५जीमा रहेको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटले उच्च स्पीड र प्रदर्शन सुनिश्चित गर्दछ । ८ जीबी+२५६ जीबी र १२ जीबी +५१२ जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडलले मल्टिटास्किङ र गेमिङलाई झनै सहज बनाउँछ ।
२०० मेगापिक्सेलको प्रो–ग्रेड एआई क्यामेरा : २०० मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६–इन–१ पिक्सेल बिनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश छ । डायनामिक शट्स, मोसन ट्राकिङ फोकस र डुअल भिडियो मोडजस्ता फिचरले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउँदछ ।
१२० वाट हाइपरचार्ज : ५११० एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् ।
एआई विशेषताहरू: गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन ।
रेड्मी नोट १४ प्रो ५जीः सुन्दरता र प्रदर्शनको उत्कृष्ट संयोजन
मुख्य विशेषताहरूः
प्रिमियम डिजाइन र आइपी ६८ सुरक्षाः स्लिम डिजाइन रहेको रेड्मी नोट १४ प्रो ५जीमा आइपी ६८ डस्ट तथा वाटर रेजिस्टेन्स सुविधा उपलब्ध रहेको छ । मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध यस स्मार्टफोनमा स्टाइलिश फिनिस रहेको छ जसले यो मोडल दैनिक प्रयोगलाई अझ आकर्षक रहन्छ ।
मिडियाटेक डाइमेन्सिटी ७३००–अल्ट्राको साथमा उत्कृष्ट प्रदर्शनः ४ एनएम प्रोसेसमा आधारित मिडियाटेक डाइमेन्सिटी ७३००–अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोनले उच्च प्रदर्शन प्रदान गर्दछ । यो मोडल ८जीबी+२५६जीबी, र १२जीबी+५१२जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ ।
२०० मेगापिक्सेलको एआई क्यामेरा प्रणालीः ओआईएस सहितको २०० मेगापिक्सेलको मुख्य क्यामराले जस्तोसुकै लाइटिङमा पनि उत्कृष्ट फोटो खिच्दछ । ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामराले फोटोग्राफीलाई अझ रोमाञ्चक बनाउँदछ । साथमा एआई ब्यूटिफाई, एआई इरेज प्रो र डुअल भिडियो फिचरले फोटोग्राफी अनुभवलाई अझ स्तरीय बनाउँदछ ।
दिगो ब्याट्री र टर्बो चार्जिङ : ५११० एमएएच ब्याट्री र ४५ वाट टर्बो चार्जिङ फिचर सहितको यो स्मार्टफोनले लामो समयसम्म प्रयोग गर्न सकिनेछ ।
एआई विशेषताहरूः सर्कल टु सर्च, गुगल जेमिनी, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन ।
रेड्मी नोट १४ ५जीः आकर्षक फोटोग्राफी, उत्कृष्ट प्रदर्शन.