फोनपे पेमेण्टको पाँचौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं : फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी फोनपेको शेयरधनीहरुलाई २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ।
साथै आव २०८१/८२ को लेखापरीक्षकका लागि एनबएएसएम एन्ड एसोसियटलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ।