मधेशी मोर्चा बनाउने कसरत, धुम्बाराहीमा छलफल जारी

मधेशी मोर्चा बनाउने कसरत, धुम्बाराहीमा छलफल जारी
सुन्नुहोस्

काठमाडौं : मधेश केन्द्रित राजनीतिक दलहरूले मधेशी मोर्चा गठनको कसरत सुरु गरेका छन्। काठमाडौंको धुम्बाराहीको समर्पण एकेडेमीमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलदेखि संसद बाहिर रहेका तराई-मधेस केन्द्रित दल सहभागी रहेका छन्। 

मधेश केन्द्रित राजनीतिक दलहरुको कार्यदलस्तरीय बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य निर्धारण गर्ने र साझा एजेन्डातयबारे छलफल भइरहेको बैठकमा सहभागी एक नेताले अन्नपूर्णलाई जानकारी दिए।

बैठकमा  जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठी,जनता प्रगतिशील पार्टीको तर्फबाट कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष डा.शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, जसपाका कार्यदल सदस्य एवं उपाध्यक्ष रेणु यादव, जनता प्रगतिशील पार्टीका ईश्वर दयाल मिश्र, जनमत पार्टीका कार्यदलका सदस्य एवं पार्टीका प्रवक्ता डा. शरदसिंह यादव,जनता प्रगतिशील पार्टीका डा. भरत थापा, जनता प्रगतिशील पार्टीका मोहम्मद साबिर हुसैन, राष्ट्रिय मुक्ति पार्टी नेपालका अनिल महासेठ, तराई मधेश लोकतान्त्रिक पार्टीका बृज किशोर सिंह (वृषेशचन्द लाल), लोसपा नेपालका मनिष मिश्र, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायतका नेताहरु सहभागी छन्। 

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेले संविधान संशोधन संशोधन गर्ने र थ्रेसहोल्ड बढाउने चर्चाका बीच मधेस केन्द्रित दलहरू एकीकृत हुन थालेका छन्। उनीहरुले मधेशी मोर्चा गठन गरेर आगामी कार्यदिशा निर्धारण गर्ने बताएका छन्। बैठकमा जसपा नेपाल भने अनुपस्थित रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.