बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुधा बस्नेत पक्राउ
काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ५७ वर्षीया सुधा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३ महाराजगंजकी बस्नेतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो। उनीसमेत भएको बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट कुल ९० लाख ५० हजार रूपैयाँ विगो फैसला ठहर भई फरार रहेकी थिइन्।
उनलाई फैसला कार्यान्वयनका लागि उच्च अदालत पाटन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।