संविधान संशोधनमा साझा धारणा बनाउने

मधेश केन्द्रित दलको साझा एजेण्डा र विचार तय गर्छौं : त्रिपाठी

मधेश केन्द्रित दलको साझा एजेण्डा र विचार तय गर्छौं : त्रिपाठी

बैठकले संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा सम्बोधन गर्नुपर्ने भएकाले साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेको छ।

काठमाडौं : मधेश केन्द्रित राजनीतिक दलहरूले साझा धारणा तय गर्न निरन्तर छलफल गर्ने भएका छन्। काठमाडौंको धुम्बाराहीको समर्पण एकेडेमीमा आज दिउँसो मधेश केन्द्रित राजनीतिक दलहरुको कार्यदलस्तरीय बैठकमा सरकारको काम र आगामी रणनीतिको विषयमा छलफल भएको  जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठीले जानकारी दिए। 

बैठकले संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा सम्बोधन गर्नुपर्ने भएकाले साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेको उनको भनाई छ।

उनले भने, ‘विभिन्न कारणबस मधेश केन्द्रितहरू विभाजित भएकाले भन्दै अब सहकार्य गर्ने प्रण गरिएको छ। वार्ता समितिलाई सक्रिय बनाएर अघि बढ्ने सहमति भएको छ, आज प्रारम्भिक बैठक मात्रै हो। आगामी बैठकमा साझा एजेण्डा तय हुन्छ, साझा विचार आइनै हाल्छ, सहकार्यलाई सार्थक बनाउन बैठक नियमित बस्छौं।’ 

दुई दलीय प्रणाली लैजाने विषय उठाउँदा देशलाई नै असर गर्ने उनीहरुको ठहर छ। उनले भने, ‘बैठकमा सत्तारुढ दलहरूले दुई दलीय प्रणाली लैजाने विषय उठाउँदा देशलाई नै असर गर्ने काम भइरहेका छन्, थ्रेस होल्डका कुरा उठिरहेको छ। यो विषयमा पनि आगामी दिनमा छलफल हुन्छ।’

उनले मधेश केन्द्रित राजनीतिक दलहरुहरु अब मोर्चा बनाएर अघि बढ्ने भन्दै आगामी बैठकमा साझा एजेण्डा तयार गरिने बताए।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलदेखि संसद बाहिर रहेका तराई-मधेस केन्द्रित दल सहभागी रहेका छन्। 

बैठकमा  जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठी,जनता प्रगतिशील पार्टीको तर्फबाट कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष डा.शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, जसपाका कार्यदल सदस्य एवं उपाध्यक्ष रेणु यादव, जनता प्रगतिशील पार्टीका ईश्वर दयाल मिश्र, जनमत पार्टीका कार्यदलका सदस्य एवं पार्टीका प्रवक्ता डा. शरदसिंह यादव,जनता प्रगतिशील पार्टीका डा. भरत थापा, जनता प्रगतिशील पार्टीका मोहम्मद साबिर हुसैन, राष्ट्रिय मुक्ति पार्टी नेपालका अनिल महासेठ, तराई मधेश लोकतान्त्रिक पार्टीका बृज किशोर सिंह (वृषेशचन्द लाल), लोसपा नेपालका मनिष मिश्र, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायतका नेताहरु सहभागी थिए। 

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेले संविधान संशोधन संशोधन गर्ने र थ्रेसहोल्ड बढाउने चर्चाका बीच मधेस केन्द्रित दलहरू एकीकृत हुन थालेका छन्। उनीहरुले मधेशी मोर्चा गठन गरेर आगामी कार्यदिशा निर्धारण गर्ने बताएका छन्। बैठकमा जसपा नेपाल भने अनुपस्थित रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.