दुर्घटनामा आठ जना घाइते

दुर्घटनामा आठ जना घाइते
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको विभिन्न स्थानमा मंगलबार भएको दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। 

माघे संक्रानितको दिन पर्व मनाउन र आफन्तको जान लागेका बेला तीन स्थानमा भएका दुर्घटनामा आठ जना घाइते भएका हुन्। तीनै स्थानमा मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

त्रिदेशीय मार्ग अन्तर्गत गल्छी–देवीघाट खण्डमा दुई र त्रिशूली–बेत्रावती सडकखण्डमा एक दुर्घटना हुँदा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। सो मार्ग अन्तर्गत रहेको बेलकोटगढी नपा ७ महादेवफाँटमा बा८४प ३८३६ नम्बर र प्र३–०६०१प४६४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँले जानकारी दिए। 

उनका अनुसार घाइतेमध्ये बेलकोटगढी नपा ७ रातमाटेका १८ वर्षीय आयुश अर्याल गम्भीर घाइते भएका छन्। उनको काठमाडौंस्थित नेपाल भारतमैत्री अस्पतालमा उपचार भइरहेको छ। 

सोही दुर्घटनामा परि सर्लाही चक्रघट्ट ६ का २४ वर्षीय वैजु साह र धादिङको नेत्रावति २ की १७ वर्षीया पुर्णिमा तामाङ घाइते भएकी छन्। बेलकोटगढी नपा ७ रातमाटेमै मोटरसाइकल र स्कुटर ठोकिएर भएको अर्क दुर्घटनामा तीन जना घाइते भएका छन्। 

सोही सडकमार्ग अन्तर्गत विदुर नपा १० भैंसेमा भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेहरूको त्रिशूली अस्पतालमा उपचार गरिएको नुवाकोट प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.