पर्यटन नेपालको समृद्धिको आधार हो : मन्त्री दाहाल

पर्यटन नेपालको समृद्धिको आधार हो : मन्त्री दाहाल
सुन्नुहोस्

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्रलाई नेपालको समृद्धिको आधारका रुपमा रहेको बताएका छन्। 

नेपाली बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्यका रूपमा रहेकाले विदेशी मुद्रा आर्जनका लागि समेत यो क्षेत्र उपयोगी रहेको उनको भनाइ छ। 

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा मंगलबार ११ औं तारेभीर महोत्सव उद्घाटन समारोहमा उनले ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरूसम्म पूर्वाधार विस्तार गर्न समेत सरकार प्रतिबद्ध रहेको बताए। 

मौलिक पर्यटकीय गन्तव्यहरू सम्म सडक एवम् पूर्वाधारहरूको विकास र विस्तार गरि ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने मन्त्री दाहालको भनाइ छ । ‘यस्ता सम्भाव्य स्थानहरूमा पूर्वाधार विस्तारको खाँचो छ’ मन्त्री दाहालले भने, ‘सडक विस्तारले अत्यावश्यकीय सेवा उपयोगका लागि सहज हुनका लागि गाउँमै स्वरोजगार सिर्जना, कृषि उपजको बजारीकरण एवम् पर्यटकीय क्षेत्रहरूको विकास पनि हुने भएकाले हामी यसलाई प्राथमिकतामा राख्छौं।’

त्यस क्रममा स्थानीयहरूको तर्फबाट तारेभीर चक्रपथको डीपीआर समेत मन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो। उक्त चक्रपथ पूरा भएमा काठमाडौं भित्रको ग्रामीण क्षेत्रको रूपमा रहेका दर्जनौ बस्तीहरूको जनजीवन सहज हुनका साथै आर्थिक गतिविधि समेत चलायमान हुने बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयालले बताए। 

आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष तारेभीर महोत्सव आयोजना हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.