कसरी लाग्यो क्यालिफोर्नियाको आगो? कहिले निभ्छ टुंगो छैन

कसरी लाग्यो क्यालिफोर्नियाको आगो? कहिले निभ्छ टुंगो छैन

काठमाडौं : क्यालिफोर्नियाको दैनिक पत्रिका लस एन्जल्स टाइम्सले आफ्नो अनलाइन संस्करणमा जनवरी ७ को दिउँसो पौने २ बजे खतरनाक आँधीका कारण दक्षिण क्यालिफोर्नियाको एडिसनमा बिजुली बन्द गरिएको र त्यसबाट हजारौं नागरिक मारमा परेको समाचार सम्प्रेषण गर्‍यो।

'सान्ता आना' नाम दिइएको उक्त आँधी क्यालिफोर्नियाका लागि नौलो थिएन। प्रतिघन्टा सय किलोमिटरभन्दा तेज चल्ने हावाले बेलाबखत लस एन्जसल्सबासीलाई दुःख दिई नै रहन्थ्यो। त्यसैले त्यहाँको मौसम पूर्वानुमान निकायहरूले सतर्क रहन अपील गर्‍यो। त्यहाँको सबैभन्दा ठूलो चुनौती नै बिजुली सर्ट भई आगो लाग्नसक्छ भन्ने थियो। त्यसैले त आँधीसँगै सरकारी निकायहरूले बिजुली बन्द गरिदिएको थियो।

null

  
पूर्वानुमान निकायले उक्त आँधी सन् २०११ पछिकै बिनाशकारी भएको जानकारी दियो। कम्तिमा पनि बिहीबार(९ जनवरी)सम्म आँधीले दुःख दिनसक्ने अनुमान गरिएको थियो। तर, लस एन्जल्सका अधिकारीहरूले जुन कुराको आकलन गरेका थिए, नभन्दै त्यही समस्या आँखा सामुन्ने देखा पर्‍यो। लस एन्जल्स टाइम्सले केही मिनेट पछि नै प्यासिफिक प्यालिसेड्समा भयानक आगलागी भएको समाचार हाल्यो। आगलागी भएको क्षणभरमै लस एजन्सल्सको आकाश धुँवाले ढाक्यो। सडकमा ट्राफिक जाम लाग्यो। बस्तीमै आगो फैलिने डरले मानिसहरू भागाभाग गर्न थाले। 

प्यासिफिक प्यालिसेड्सको आगो यति भयानक थियो कि, क्षणभरमै ३ हजार एकडमा फैलिएको थियो। हजारौं नागरिकहरू घरबारविहीन बने। उनीहरूले आँखै अगाडि आफ्ना सम्पत्तिहरू जलिरहेको देख्नुपर्‍यो। 

null

आगलागी सल्किएको १० दिन बितिसक्दा पनि अमेरिकाले आगलागी लाग्नुको कारण भेटाउन सकेको छैन। सीबीएस न्युजका अनुसार १५ जना अमेरिकी विज्ञहरू आगलागीको कारण खोजिरहेका छन्। विष्फोटकसम्बन्धी व्युरोका अनुसार आगलागीको उत्पति बिन्दु पत्ता लगाउन स्थानीय, राज्य र संघीय एजेन्सीका १५ जना विज्ञ खटिएका हुन्। जनवरी ५ मा प्लानेट ल्याब्स स्याटेलाइटले आगलागी भएको स्थानको पहिचान गरेको छ। तर, के कति कारण आगलागी भएको खुल्न सकेको ती विज्ञहरूको समूहले जानकारी दिएको छ।

null

कसरी लाग्यो आगो?
प्यासिफिक प्यालिसेड्समा आगलागी फैलिनु एक हप्ताअघि जनवरी १ मा पनि जंगल क्षेत्रमा आगलागी भएको थियो। त्यस क्षेत्रको लोकप्रिय पदमार्ग (हाइकिङ मार्ग)मा उक्त आगलागी भएको स्थानीयहरूलाई उद्धृत गर्दै सीबीसी न्युजले उल्लेख गरेको छ। स्थानीय अधिकारीहरूले उक्त आगलागी पूर्णरूपमा नियन्त्रणमा आइसकेको जानकारी दिएको थियो। तर, अनुसन्धानकर्मीले सोही आगलागीबाट आगो फैलिएको हुनसक्ने दाबी गरेको छ। उनीहरूको दाबीलाई स्याटलाइटबाट खिचिएको तस्बिरले पनि साथ दिएको छ। जनवरी ७ मा सेन्टिनेल-२ उपग्रहले खिचेको तस्बिरमा सोही पदमार्ग वरपरको क्षेत्रबाट धुवाँ निस्किरहेको देखिन्छ।

null

प्यासिफिक प्यालिसेड्सका बासिन्दाहरूले पनि यसलाई पुष्टि गरेका छन्। जनवरी ७ को बिहान टोपाङ्गा स्टेट पार्कको टेमेस्कल रिज ट्रेलको छेउमा रहेको स्कल रक ट्रेलहेड नजिकै आगलागी भएको उनीहरूले सीबीसी न्युजलाई बताएका छन्। नजिकै घर भएका जेरी डेल कोलियानोले आगलागी भएको तस्बिर नै खिचेका छन्। 

null

आफ्नो घर नजिकै आगलागी भएको थाहा पाएपछि डेभिड ह्यान्सनले आफ्नी वृद्ध आमालाई घरबाट बाहिर निकालेका थिए। जनवरी ७ को दिउँसो २:३० बजेतिर आफूले आगलागी भएको थाहा पाएको उनले भनेका छन्। पीएड्रा मोराडा ड्राइभको १२०० ब्लकबाट उनले आगलागीको तस्बिरहरू पनि खिचेका छ्। पिएड्रा मोराडा ड्राइभ आगलागी भएको ठाउँबाट करि सात ब्लक टाढा रहेको छ। 'आगलागी भएको सतप्रतिशत ठाउँ त्यही हो,' उनले सीबीसी न्युजसँग दाबी गरेका छन्। 

त्यस्तै जेन मिचेलले जनवरी १ मा आगलागी भएको क्षत्रबाट अझै धुँवा निस्किरहेको देखेका थिए। हाइकिङ गएका बेला उनले आगलागी भएको क्षत्रको तस्बिर पनि खिचेका थिए। एलए फायर डिपार्टमेन्टले जनवरी १ को अपरान्ह ४:४६ बजे आगलागी नियन्त्रणमा आएको बताएको थियो। तर, उनीहरूको सार्वजनिक वक्तव्य जारी गरेको केही घन्टापछि त्यस क्षेत्रमा धुँवा देखिएको मिचेलको दाबी छ। 

null

अमेरिकी इतिहासमा यो आगलागीलाई अहिलेसम्मकै विनाशकारी र भयानक रहेको दाबी गरिएको छ। सन्त १९९१ मा ओकल्याण्ड हिल्समा आगलागी हुँदा २ हजार ५ सय बढी संरचनाहरू नष्ट भएको थियो। त्यस्तै अगस्ट २०२३ मा हवाइयन टापुको माउइको आगलागी र डिसेम्बर २०२१ मा कोलोराडोको बोल्डर काउन्टीमा ठूलो आगलागी भएको थियो। लस एन्जल्सको आगलागी फिल्मको दृश्यजस्तै रहेको डेल कोलियानले उल्लेख गरेका छन्। 'कारबाट भाग्दैगर्द मलाई आँखा अगाडिका दृश्यहरू 'द टर्मिनेटर'को जस्तै लागेको थियो,' सीबीसी न्युजसँग उनले भनेका छन्।

इटन क्षेत्रमा भएको आगलागीलाई भने एउटा कम्पनीलाई जिम्मेवार ठहर्‍याइएको छ। दक्षिणी क्यालिफोर्नियाको विद्युतीय कम्पनी एडिसनबाट आगो फैलिएको दाबी गरिएको छ। उक्त कम्पनीविरुद्ध मुद्दा दायर पनि गरिएको बीबीसीले जनाएको छ। विद्युतीय ओभरलडका कारण तर सर्ट भई आगलागी भएको दाबी गरिएको छ। उक्त कम्पनीले यस विषयमा आन्तरिकरूपमा पनि अुनसन्धान गर्ने र प्रभावित समुदायलाई राहत प्रदान गर्ने वाचा गरेको बीबीसीले जनाएको छ।

null

आगलागीबाट २५ को मृत्यु
लस एन्जलसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ। क्यालिफोर्नियाका अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार तीन क्षेत्रमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। तीमध्ये सबैभन्द भयानक प्यालिसेड्समा आगलागी भएको हो। मंगलबारसम्म त्यस क्षेत्रको २३ हजार एकडभन्दा बढी क्षेत्र जलेर नष्ट भएको छ। अहिले पनि ८६ प्रतिशत क्षेत्रमा आगलागी भइरहेको छ। १४ प्रतिशत आगलागीमात्र नियन्त्रणमा आएको छ।

त्यस्तै इटन अर्थात् लस एस एन्जल्सको उत्तरी भागमा पनि ठूलो आगलागी भएको छ। जहाँ, हालम्म १४ हजार एकडभन्दा बढी क्षेत्रलाई नष्ट गरेको छ। उक्त क्षेत्रमा ३३ प्रतिशतमात्रै आगो नियन्त्रणमा आएको छ। यता हर्स्ट क्षेत्रको आगो भने लगभग नियन्त्रणमा आएको अग्नि नियन्त्रकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सो क्षेत्रमा ७९९ एकड बडी क्षेत्र जले नस्ट भएको छ। त्यस्तै भेन्चुरा काउन्टीका अधिकारीहरूका अनुसार ५६ एकडमा आगो फैलिएपछि त्यसलाई नियन्त्रणमा लिइएको छ। केनेथ, आर्चर, सनसेट, लिडिया, वुडली र ओलिभासको आगो पनि नियन्त्रणमा आएको छ अधिकारीहरूले जानकारी दिएका छन्।

null

कहिले निभ्छ आगो?
लस एन्जल्सको विभिन्न स्थानमा लागेको आगलागी कहिले पूर्णरूपमा नियन्त्रण हुन्छ? भन्ने प्रश्नको जवाफ कसैसँग छैन। त्यहाँका सरकारी निकाय र जनप्रतिनिधिहरूबीच एकअर्काप्रति आरोप प्रत्यारोप चलिरहेका बेला आगलागी अझै नियन्त्रण बाहिर रहेको विज्ञहरूले बीबीसीलाई बताएका छन्। सान्ता आना हावा घट्नुको सट्टा झन् बढ्ने अनुमान गरिएकाले पनि आगलागी नियन्त्रणबारे टुंगो लाग्न सकेको छैन। 

आगलागी नियन्त्रणमा नआउनुको अर्को कारण जलवायु परिवर्तन पनि भएको बताइएको छ। लामो समयदेखि खडेरी पर्दा त्यस क्षेत्र सुक्खाबाट भएको र आगो सल्किन मद्धत पुगेको विज्ञहरूले बताएका छन्। 

पश्चिमी अमेरिकामा जलवायु परिवर्तनले थप ठूलो डढेलोको संकेत गरेको सरकारी अनुसन्धानहरूले देखाएको छ। 'बढ्दो गर्मी, विस्तारित खडेरी र सुक्खा वातावरणले पश्चिमी अमेरिकामा डढेलोको जोखिम बढाउन सक्छ,' राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनले भनेको छ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.