एससीओ बैठकमा प्रधानमन्त्री ओलीको प्रस्ताव– नेपाल अब पूर्ण सदस्यताका लागि उत्सुक छ

एससीओ बैठकमा प्रधानमन्त्री ओलीको प्रस्ताव– नेपाल अब पूर्ण सदस्यताका लागि उत्सुक छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ)को पूर्ण सदस्य बनाउन प्रस्ताव गरेका छन्। सोमबार चीनको तियान्जिनमा आयोजित एससीओको प्लसको बैठकमा सम्बोधन गर्दै उनले नेपाल अब पूर्ण सदस्य बन्न उत्सुक रहेको बताए। 

प्रधानमन्त्री ओलीले एससीओलाई अझ एकताबद्ध, एकीकृत र लचिलो बनाउनुपर्ने उल्लेख गर्दै नेपालले सन् २०१६ देखि संवाद साझेदारको हैसियतमा सहभागिता जनाउँदै आएको स्मरण गरे।

ʻहामीलाई अझ बढी एकताबद्ध, अझ बढी एकीकृत र अझ बढी लचिलो एससीओको आवश्यक छ,ʼउनले भने,ʻयसले बढ्दो भू–राजनीतिक, आर्थिक र वातावरणीय चुनौतीहरूको सामना गर्न सकियोस्।ʼ

प्रधानमन्त्री ओलीले बहुपक्षवादलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए। उनले वर्तमान विश्व वैज्ञानिक तथा प्रविधिगत प्रगतिले भरिपूर्ण भएपनि असमानता, जलवायु संकट, आर्थिक अस्थिरता र सीमा नमान्ने द्वन्द्वका कारण मानवता गम्भीर चुनौतीमा परेको उल्लेख गरे। ʻकुनै पनि राष्ट्र एक्लै सुरक्षित रहन सक्दैन, कुनै जनता टुक्रिँदै–अलग्गिँदै समृद्ध हुन सक्दैन। त्यसैले बहुपक्षवाद हाम्रो समयको अपरिहार्यता हो,ʼ उनले भने।
 
जलवायु संकटप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले हिमालहरूको बरफविहीनताकले अर्बौं मानिसको जीवन खतरामा परेको बताए। आतंकवाद, साइबर आक्रमण, महामारी र वातावरणीय संकटलाई साझा चुनौतीका रूपमा उनले प्रस्तुत गरे। उनले “शाङ्घाई आत्मा”लाई आत्मसात गर्दै मित्रता, साझेदारी र असल छिमेकी सम्बन्धलाई मजबुत बनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.