विद्याबारे ओलीले भने– विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयमाथि छलफल हुँदैन

विद्याबारे ओलीले भने– विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयमाथि छलफल हुँदैन
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन विद्यादेवी भण्डारीको विषयमा छलफल नहुने स्पष्ट पारेका छन्। शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै उनले विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमाथि मात्रै छलफल हुने बताएका हुन्। 

उनले भने,ʻपार्टीमा कतिपय विषयहरू अनावश्यक ढङ्गले संवेदनशील बनाइएका छन् या बनेका छन्। तर, ती कुराहरू विधान संशोधनसँग सम्बन्धित छैनन्। त्यो विधान महाधिवेशनसँग सम्बन्धित विषय होइन।ʼ 

तर अध्यक्ष ओलीले भण्डारीको नाम भने लिएनन्। उनले यस्ता विषयमा पार्टीका कमिटीमा छलफल हुने बताए। उनले भने,ʻजुन विषय विधान, दस्ताबेजसँग सम्बन्धित छैनन् ती प्रश्नहरू अन्यत्र कमिटीगत छलफलका विषय हुन्। कमिटीगत छलफलका विषय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल हुनेछन्।ʼ 

अध्यक्ष ओलीले विधान महाधिवेशन विषय केन्द्रित भएर अगाडि बढ्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.