अध्यक्ष ओलीले भने– पार्टी नीति, विधि र निर्णयले चल्छ, बाहुबलले चल्दैन
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नीति, विधि र निर्णयले चल्ने बताएका छन्। यही असोज २९–३१ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको दसौँ पूर्ण बैठकको समापन गर्दै उनले पार्टी बाहुबलले नचल्ने बताएका हुन्।
अध्यक्ष ओलीले भने,ʻपार्टी नीति, विधि र निर्णयले चल्दछ, बाहुबलले चल्दैन। म सदैव पार्टीको एकताको पक्षमा छु। सबै साथीहरूलाई हार्दिकताका साथ एकताबद्ध भएर अगाडि जानुपर्ने कुरामा जोड दिन्छु।ʼ
बैठकमा केन्द्रीय कमिटीका २३३ जना, प्रदेश कमिटीका अध्यक्ष ८ जना, पोलिटब्युरोका ४६ जना, स्थायी कमिटीका २१ जना, केन्द्रीय निकायका ३ जना र पदाधिकारी १७ जनाले सदस्यले सुझावसहितको मन्तव्य राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
यस्तै बैठकमा चारवटै आयोगका अध्यक्षहरू क्रमशः अनुशासन आयोगका अध्यक्ष केशव वडाल, सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, लेखा परीक्षण आयोगका अध्यक्ष डा. पुष्प कँडेलले आफ्नो मन्तव्यसहित सुझाव राखेका छन्।
प्रतिक्रिया दिनुहोस !