ओलीको प्रश्न– मैले मात्रै दु:ख पाउनुपर्ने हो ? यो देश मेरोमात्रै होइन
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश आफ्नो मात्रै निजी सम्पत्ति नभएको बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले देश आफ्नो मात्रै नभएको बताएका हुन्।
उनले भने, ‘देश मेरोमात्रै होइन नि त। म ७३ त पूरा भइसकेँ। मैले मात्रै दुख पाउनुपर्ने हो ?ʼ
अध्यक्ष ओलीले आफ्नो भन्दा धेरै बाँच्नुपर्ने मान्छे नेपालमा थुप्रै रहेको बताए। उनले भने, ‘देशको बारेमा उनले मेरोभन्दा बढी सोच्नुपर्ने हो।ʼ
अध्यक्ष ओलीले आफूसँग किन रिस उठेको हो भन्ने थाहा नभएको भन्दै आफूले भ्रष्टाचार पनि नगरेको बताए। उनले आफ्नो सम्पत्ति छानबिन गरिदिन पनि आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !