ओलीले भने– मैले सुशीला कार्कीको नाम सिफारिस गरेको छैन, प्रमाण देखाउन प्रचण्डलाई चुनौती

ओलीले भने– मैले सुशीला कार्कीको नाम सिफारिस गरेको छैन, प्रमाण देखाउन प्रचण्डलाई चुनौती

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संविधानभित्रबाट आवश्यक कदम चाल्न सिफारिस गरेको बताएका छन्। आइतबार सम्पादकहरूसँग कुरा गर्दै उनले आफूले प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम सिफारिस नगरेको बताएका हुन्। 

उनले भने,ʻमेरो भाषा के छ भने– वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटीलाई शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले, यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणालीबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट आवश्यक कदम चाल्न सिफारिस गर्छु। यसमा सुशीला कार्की कतै सुन्नुभयो ? सुशीला कार्की भन्ने वा अर्को कोही भन्ने छैन। संविधान र संसद् चलाउनु हुँदैन भन्ने कुरामा राष्ट्रपतिज्यू, म कार्यवाहक प्रधानमन्त्री र सेनापति उपस्थित भएका ठाउँमा मेरो प्रस्ताव थियो। उहाँहरू दुवैले त्यो स्वीकार गर्नुभएको थियो र मैले त्यस भाषामा सिफारिस गरेको थिएँ।ʼ

अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई सुशीलालाई आफूले सिफारिस गरेको प्रमाण देखाउन चुनौती दिए।

उनले भने,ʻप्रचण्डले मलाई निकै माया गर्नुहुन्छ। उहाँले मसित प्रमाण छ, केपीले सुशीलालाई सिफारिस गरेको भन्नुभयो। त्यो प्रमाण फ्ल्यास गरिदिनुभए हुन्छ। किन अन्योल राखिराख्ने। निकालिदिए भयो नि त।ʼ

अध्यक्ष ओलीले यो अन्तरिम सरकार संविधान अन्तरगत नबनेको बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.