जेनजी आन्दोलनका क्रममा लुटपाट गर्ने विदेशबाट आएका होइनन्, देशकै हुन् : अध्यक्ष ओली

जेनजी आन्दोलनका क्रममा लुटपाट गर्ने विदेशबाट आएका होइनन्, देशकै हुन् : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते देशैभरि जेनजीका नाममा हत्या, हिंसा, ध्वंसात्मक क्रियाकलाप भएको बताएका छन्। जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको आज अवलोकन गर्दै  उनले शान्ति क्षेत्र भनिएका विद्यार्थीलाई समेत आन्दोलनमा खुलेआम दुरुपयोग गरिएको  बताएका हुन्। 

अध्यक्ष ओलीले लुटपाट गर्नेहरू विदेशबाट आएका नभई देशकै भएका बताए। उनीहरूमध्ये कतिपयको पहिचान भइसकेको र पहिचान हुने क्रम समेत जारी रहेको भएपनि कारबाही गर्न सरकार तयार नरहेको ओलीको भनाइ छ। 

उनले भने,ʻलुटपाट, आगजनी र त्यसको पक्षमा उहाँहरूको मनोभाव देखिन्छ। जसको क्षति भएको छ, जसलाई मार्का परेको छ, सरकार उसैको दुस्मन बनेको छ। ममाथि अझ धेरै दुस्मनी साँध्दै छ। मलाई सरकारमाथि गम्भीर आशङ्का छ।’ 

अध्यक्ष ओलीले देशमा एमाले भएको बताउँदै अपराध गर्नेलाई नछाड्ने बताए। भ्रष्टाचार, अनियमितता र कानुनविहीनता एमालेले रोकेरै छाड्ने उनले स्पष्ट पारे। 

उनले ध्वंस मच्चाउने, घरका सामान लुट्नेलाई कारबाही हुनुपर्ने बताए। उनले पीडितले न्याय पाउनु पर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.