अध्यक्ष ओलीले भने– लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ, हामी मौन रहन सक्दैनौँ

अध्यक्ष ओलीले भने– लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ, हामी मौन रहन सक्दैनौँ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको भन्दै मौन रहन नसकिने बताएका हुन्। 

ʻआज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ। लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौँ,ʼउनले भने,  ʻराष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।ʼ

यस्तो छ ओलीको भनाइ 

दिदीबहिनी तथा दाजुभाइहरू,
कमरेडहरु ! 
निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले)ले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो। अनेकौँ प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो। देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व यही पार्टीले गर्‍यो । सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ यही पार्टीले गरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामीले गरेका यी कामका सयौँ उदाहरण छन्। 
एमाले केवल एउटा राजनीतिक संगठन होइन — यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।
आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौँ। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।
त्यसैले, विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु —
जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।
यो घर तपाईँहरूको पसिना र रगतले बनेको हो।
फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौँ — देशको स्वाधीनता जोगाऔँ, लोकतन्त्रको रक्षा गरौँ, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ।
हामी एउटै परिवार हौँ —
हाम्रो लक्ष्य स्पष्ट छ —
समृद्ध नेपाल, सुखी नेपाली।
म सबैमा आह्वान गर्न चाहन्छु (
कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा —
हाम्रो साझा सपना साकार पार्न ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौँ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.