केपी ओलीले एमालेको अध्यक्ष पदमा दिए उम्मेदवारी
मंसिर २९, २०८२ सोमबार १५:३३:८
काठमाडौं : नेकपा एमालेको जारी ११औं महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। महाधिवेशन स्थल भृकुटीमण्डपमा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
ओलीको प्रस्तावकमा रामबहादुर थापा र समर्थकमा विष्णुप्रसाद पौडेल रहेका छन्।



