ओलीको निर्देशन– पार्टीभित्रका असन्तुष्टि सञ्चार माध्यममा नपोख्नु, नेतृत्वसमक्ष राख्नु

ओलीको निर्देशन– पार्टीभित्रका असन्तुष्टि सञ्चार माध्यममा नपोख्नु, नेतृत्वसमक्ष राख्नु

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न निर्देशन दिएका छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै  उनले असन्तुष्टि नेतृत्व समक्ष मौखिक वा लिखत रूपमा पेस गर्न आग्रह गरेका हुन्। 

अध्यक्ष ओलीले भने,ʻसामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य छ। उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र तीमध्य पनि अग्रदस्ताको रूपमा रहेको एमालेभित्र दृढ अनुशासन अपरिहार्य छ। पार्टीको बैठक अति अनुशासित रूपमा चल्ने छ।ʼ 

अध्यक्ष ओलीले एमाले झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अनुशासनहीन पार्टी नभएको  स्पष्ट पारे। अब एमाले भित्र कुनै गुट नहुने भन्दै उनले अब एमाले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पारे। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.