एमाले अध्यक्ष ओलीलाई जाँचबुझ आयोगले काट्यो पत्र
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जाँचबुझ आयोगले पत्र काटेको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको सन्दर्भमा सोधपुछका लागि आयोगले अध्यक्ष ओलीलाई पत्र काटेको हो।
तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीलाई आयोगको टोलीले भक्तपुरस्थित गुण्डु निवास पुगेर पत्र दिएको स्रोतले जानकारी दिएको छ। अध्यक्ष ओलीले जाँचबुझ आयोगलाई बयान नदिने अडान लिँदै आएका छन्।
यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयान लिएको थियो। नेपाली कांग्रेसका नेता लेखकले आयोग समक्ष लिखित बयान पेस गरेका थिए।
प्रतिक्रिया दिनुहोस !