जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू कारवाहीको दायरामा आउँछन् : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरू कारवाहीको दायरामा आउने बताएका छन्। बिहीबार झापाको दमक–८ स्थित नेपाली कम्युनिष्ट पार्टीका नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक गतिविधिमा संलग्नहरू कारवाहीको दायरामा आउने बताए ।
जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मत पछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले उजुरी–निवेदनलगायतको प्रक्रिया अघि बढाउन सुझाव दिए।
नेता पुरीले आफूले सबै प्रमाण संकलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया पनि अघि बढाएको बताए । आगजनी र तोडफोडका क्रममा भएका सबै सम्पत्ति लुटिएको,घरायसी सामानहरू जलाइएको र घर पनि तोडफोड गरिएको पुरीले बताए।
प्रतिक्रिया दिनुहोस !