मध्यान्हसम्म नुवाकोटमा ३० प्रतिशत मतदान
नुवाकोट : दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा मध्यान्हसम्म कुल मतदाताको ३० प्रतिशत मत खसेको छ । विहान खाना खाएर मात्र मतदाताहरु मतदान केन्द्र पुगेका थिए ।
नुवाकोटमा बिहीबार दिउँसो १ बजेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिउँसो १ बजेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार नुवाकोटको दुई सय ९४ वटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत नुवाकोटमा मतदान शान्तिपूर्ण रुपमा जारी रहेको छ ।
नुवाकोटका कुल दुई लाख ४७ हजार आठ सय ६८ मतदातामध्ये दिउँसो १ बजेसम्म ३० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नुवाकोटमा रहेको एक सय ३२ वटै मतदानस्थलमा मतदान प्रक्रिया उत्साहपूर्वक, सामान्य र शान्तिपूर्ण रुपमा भइरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !