ट्रम्पको चेतावनी : इरानले गल्ती स्वीकार गरोस्, नत्र परिणाम भोग्न तयार रहोस्

ट्रम्पको चेतावनी : इरानले गल्ती स्वीकार गरोस्, नत्र परिणाम भोग्न तयार रहोस्
सुन्नुहोस्

अमेरिका : अमेरिकाले इरानले सार्वजनिक रूपमा होर्मुज जलडमरूमध्य खुला रहेको घोषणा गर्नुपर्ने र शनिबार हुने वार्ता अन्तर्गत व्यावसायिक जहाजमाथिको गोलीबारी रोक्ने प्रतिबद्धता जनाउनु पर्ने माग गरेको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूले नाम नखुलाइएका अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार, इरानले निजी रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूसँग जहाजमाथि भएको गोलीबारी गल्ती भएको स्वीकार गरेको छ । यद्यपि, इरानले उक्त घटनाको जिम्मेवारी आफूले नियन्त्रण गर्न नसकेको एउटा आन्तरिक कट्टरपन्थी समूहमाथि लगाएको बताइएको छ । ट्रम्पले होर्मुज जलडमरूमध्यमा यस साता भएको तनावका बाबजुद दुवै पक्ष वार्ता जारी राख्न सहमत भएको बताएका छन् । तर ह्वाइट हाउसले उक्त घटनालाई युद्धविराम उल्लंघनको रूपमा व्याख्या गरेको छ ।

‘इरानले गल्ती स्वीकार गरोस्, नत्र परिणामका लागि तयार रहोस्’

जुन महिनामा अमेरिका र इरानबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअनुसार इरानले व्यावसायिक जहाजहरूलाई सुरक्षित आवागमनको सुनिश्चितता गर्ने सहमति जनाएको थियो । बीबीसीका अनुसार वरिष्ठ अमेरिकी अधिकारीहरूले कि इरानले आफ्नो नियन्त्रण बाहिर रहेको एक कट्टरपन्थी समूहले वार्तालाई कमजोर पार्ने उद्देश्यले व्यावसायिक जहाजमाथि गोली चलाएको दाबी गरेका छन् । एक अधिकारीले भने, ‘उनीहरू (इरानी पक्ष) फेरि वार्ताको टेबलमा फर्किए र भने हामीबाट गल्ती भयो । आउनुहोस्, वार्ता जारी राखौं ।’

अमेरिकी अधिकारीहरूले क्षेत्रीय मध्यस्थमार्फत इरानी नेतृत्वलाई सन्देश पठाइएको जानकारी दिए । त्यसमा इरानले होर्मुज जलडमरूमध्य खुला रहेको घोषणा गर्नुपर्ने र व्यावसायिक जहाजमाथिको गोलीबारी रोक्ने सार्वजनिक प्रतिबद्धता गर्नुपर्ने माग गरिएको छ ।
शुक्रबार आएन नयाँ आक्रमणको खबर
अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, विशेष दूत स्टिभ विटकफ तथा ट्रम्पका ज्वाइँ जेरेड कुशनरसहितका अधिकारीहरूले शनिबार ओमानमा हुने वार्ताको नेतृत्व गर्न सक्ने बताइएको छ । यसैबीच, कतारको एक प्रतिनिधिमण्डल शुक्रबार इरान पुगेको छ । भ्रमणको उद्देश्य तनाव कम गर्नु र होर्मुज जलडमरूमध्य हुँदै जहाजहरूको आवागमन सहज बनाउने विषयमा छलफल गर्नु रहेको बताइएको छ ।

ट्रम्पले शुक्रबार ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले हामीसँग वार्ता जारी राख्न अनुरोध गरेको छ ।’ उनले थप लेखेका छन्, ‘हामी त्यसका लागि सहमत भएका छौं, तर अमेरिकाले उनीहरूलाई स्पष्ट रूपमा भनिसकेको छ कि युद्धविराम अब समाप्त भएको छ ।’ यस साताको सुरुतिर खाडी क्षेत्रमा झडप सुरु भएयता शुक्रबार कुनै नयाँ आक्रमणको सूचना आएको छैन । जुनमा भएको अन्तरिम सम्झौतापछि अमेरिका र इरानबीच भएको यो सबैभन्दा गम्भीर सैन्य तनाव मानिएको छ । अमेरिकाले प्रस्ताव गरेको ओमानको समुद्री मार्ग प्रयोग गरिरहेका तीन वटा जहाज निशाना बनेका थिए ।

सम्झौतामा होर्मुजको भविष्यबारे पनि सहमति
गत महिना अमेरिका र इरान १४ बुँदे समझदारीपत्र (एमओयू) मा सहमत भएपछि केही प्रगति भएको थियो।  यसको उद्देश्य युद्धविरामको अवधि लम्ब्याउनु र सबै मोर्चामा द्वन्द्व अन्त्य गर्नु रहेको थियो । सम्झौताअनुसार इरान र ओमानले अन्य खाडी मुलुकहरूसँग मिलेर होर्मुज जलडमरूमध्यको भविष्यको प्रशासन र समुद्री सेवाको व्यवस्थापनबारे छलफल गर्नेछन् ।

संघर्षका क्रममा इरानले होर्मुज जलडमरूमध्यमाथि आफ्नो सार्वभौमिक अधिकार स्थापित गर्ने प्रयासस्वरूप ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ स्थापना गरेको थियो ।  इरानका अनुसार यस संस्थाले सुरक्षित आवागमनका लागि आवश्यक अनुमति (परमिट) जारी गर्नेछ । इरानको फार्स समाचार एजेन्सीका अनुसार अमेरिका–इरानबीच हुने नयाँ सम्झौताअनुसार भविष्यमा होर्मुज जलडमरूमध्यको व्यवस्थापन इरान र ओमानको संयुक्त समन्वयमा गरिनेछ । सम्झौतामा यस जलमार्ग हुँदै आवागमन गर्ने जहाजहरूबाट सम्भावित सेवा शुल्क उठाउने व्यवस्था पनि समावेश हुन सक्ने उल्लेख गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.