इङ्ल्यान्ड र रसियाका समर्थकबीच स्टेडियमै कुटाकुट

इङ्ल्यान्ड र रसियाका समर्थकबीच स्टेडियमै कुटाकुट

काठमाडौंः युरोकप फुटबल प्रतियोगिता अन्तरगत आज बिहान भएको खेलमा इङ्ल्यान्ड र रसियाले १–१ गोलको बराबरी खेलेपछि दुई देशका समर्थकबीच मैदानमा घमासान भएको छ।
 
रसियाले अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डबाट अंक खोसी खेल बराबरीमा सकाएलगत्तै यी दुई देशका समर्थकहरु स्टेडियममै भिडेका हुन्।

रसियाका समर्थकले आक्रमण सुरु गरेपछि यी दुई देशका समर्थकहरुबीच स्टेडियका कुर्सी भाँचेर हानाहान शुरु भएको थियो भने बोत्तलले पनि एकअर्कालाई प्रहार गरेका थिए।

झडपका क्रममा कम्तिमा १३ जना गम्भीर घाइते भएका थिए।स्टेडियममै दुई देशका समर्थक भिडेपछि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मे परेको थियो।
घटनामा रसियाका समर्थकको कुटाइ खाएर इङ्ल्यान्डका एक समर्थक गम्भीर घाइते भएको फ्रान्सेली प्रहरीको भनाइ छ।

यो घटनालाई लिएर युरोपेली फुटबल संघले कडा निन्दा गरेको छ।उसले यो घटनामा संलग्नहरुमाथि काबारहीका लागि छानबिन थाल्न निर्देशन दिएको छ। स्टेडियमबाट शुरु भएको झडपमा सडकसम्म पुगेको थियो।

उग्ररुपमा प्रस्तुत दुबै देशका समर्थकबीच सडकमा पनि झडप भएपछि फ्रान्सेली प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो।


प्रहरीले सडकमा उत्रेका दुबै देशका समर्थकलाई लखेट्न अश्रुग्यास र पानीको फोहराको वर्षा गर्न बाध्य भएको थियो।फ्रान्सको मार्सेस्थित स्टाडे भेलोडोर्मे स्टेडियम र त्यस बाहिरको सडकमा झडपमा उत्रेका ६ जनालाई स्थानीय प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।
 
करिब ६८ हजार दर्शक क्षमताको यो स्टेडियम बाहिरको सडकमा पनि हजारौं फुटबल समर्थक दुई देशबीचको खेल हेर्न जम्मा भएका थिए।गत नोभेम्बरमा आइएसले आक्रमण गरेपछि फ्रान्सले कडा सुरक्षा व्यवस्था मिलाउन करिब एक लाख प्रहरी उतारेको छ।त्यसैगरी प्रहरीलाई साथ दिन हजारौंको संख्यामा सेना र अर्धसैन्य बल पनि तैनाथ गरिएको छ।

फ्रान्सका गृहमन्त्री बेर्नाड काजेनेयुभेले यस्तोमा यो झडप हुनुलाई हिंसा भड्काउने प्रयास भन्दै यस्तो प्रयासविरद्ध सरकार कडारुपमा प्रस्तुत हुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.