साइना नेहवाल अस्ट्रेलियन ओपन च्याम्पियन
काठमाडौं: भारतीय ब्याडमिन्ट खेलाडी साइन नेहवालले अस्ट्रेलियन ओपन सुपर सिरिज २०१६ को उपाधि उचालेकी छन् ।
भारतीय ब्याडमिन्टन स्टार साइनाले चीनकी सुन युलाई पराजित गर्दै अस्ट्रेलियन ओपन सुपर सिरिजको उपाधि उचालेकी हुन् ।
फाइनलमा साइनाले सुनलाई ११-२१, २१-१४ र २१-१९ ले पराजित गर्दै उपाधिमा कब्जा जमाएकी हुन् ।
पहिलो सेटमा साइना चिनियाँ खेलाडी सुनसँग ११-२१ ले पराजित भइन् । तर साइनाले दोस्रो सेटबाट खेलमा फर्कँदै दोस्रो सेट २१-१४ ले जितिन् । त्यसपछि तेस्रो सेट पनि साइनाले २१-१९ ले जितिन् । साइनाले यो वर्ष जितेको ठूलो उपाधि हो ।
साइनाले दोस्रो पटक यो उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । यसअघि उनले सन् २०१४ मा पनि यो उपाधि जितिसकेकी छन् ।
साइना यसअघि चिनियाँ खेलाडी सुन युसँग यसअघि खेलिएका छ खेलमध्ये पाँच खेलमा पराजित भइसकेकी थिइन् ।
यसभन्दा अघि साइनाले शनिवार चौथो वरियताकी इहान वाङ्गलाई हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।