अभागी युक्रेनमाथि जर्मनीको जित

अभागी युक्रेनमाथि जर्मनीको जित

काठमाडौं: खेलको शुरुबाटै गरेका आक्रमण निरन्तर विफल हुँदा युक्रेन विश्वविजेत जर्मनीसँग पराजित हुन पुगेको छ।


 तुलनात्मकरुपमा कम्जोर भएपनि युक्रेनले विश्वविजेता जर्मनीको पोस्टमा शुरुबाटै प्रहार गरेको थियो। जर्मनीलाई बिजयी गराउने क्रममा टोनी क्रुसले डी बक्स बाहिरबाट प्रहार गरेको फ्री किक बललाई सदुपयोग गर्दै स्कोर्डन मुस्ताफीले हेडरमार्फत खेलको १८ औं मिनेटमा अग्रता दिलाए।

उनले युक्रेनी खेलाडीलाई छल्दै हेडर गरेको हेडरले जाली चुमेपछि जर्मनीले अग्रता बनाउन सफल भयो।यस भन्दा अघि खेलको चौथो मिनेटमा युक्रेनका डिफेन्डर एर्टेम फेडेट्स्कीले कोनोपोल्यान्काको क्रस पासमा जर्मनीको पोस्टमा सशक्त प्रहार गरेका थिए। तर, त्यो प्रहारलाई जर्मनका गोल किपर म्यानुयल नुयरले उत्तिकै उत्कृष्ट बचाउ गरे
 
जर्मनीले अग्रता लिएपनि युक्रेनले डटेर आक्रमण बुनिरह्यो। खेलको ३६ औं मिनेटमा युक्रेनले प्रहार गरेको बल जर्मनीको गोल लाइनबाट जेरोमे बोटेङले उत्कृष्ट बचाउ गरे।

गोल किपर म्यानुयल नुयर अघि आइसकेको अवस्थामा युक्रेनका खेलाडीले पोस्टको दिशा दिइसकेको बललाई क्रस बारभित्र पसेर उनले बललाई क्रसबारबाटै बाहिर पठाएपछि युक्रेन फेरि अभागी भयो।
 
बोटेङले मैदान बाहिर पठाइदिएको बल कर्णर भएपछि पाएको मौकालाई युक्रेनले सदुपयोग गर्न खोज्यो। ३८ औं मिनेटमा प्रहार भएको कर्णर बललाई युक्रेनी खेलाडीले जर्मनीको जाली त चुमाए तर अहिले पनि रेफ्रीले अफसाइड देखाइदिए।


पहिलो तथा दोस्रो हाफमा पनि दुबै टोलीले एकअर्काविरुद्ध आक्रमण बुनिरहे। तर फेरि पनि जर्मनीले बाजी मार्यो। खेलको ९१ औं मिनेटमा युक्रेनी खेलाडी काउन्टर एट्याकमा अगाडि बढेको फाइदा जर्मनीले उठायो।
 
उसका लागि आफनो डी बक्सबाहिरबाट निकालिएको बललाई मेसुट ओझिलले अगाडि बढाएर दिएको क्रस पासमा स्वाइन्टेइगरले सशक्त प्रहार गरी युक्रेनको जाली चुमाए। समूह 'सी' को खेलमा जर्मनी बिजयी हुँदै समूहको शीर्षस्थानमा रहेको छ।

हिजै भएको खेलमा पोल्यान्डले नोर्दन आयरल्यान्डलाई १-० ले हराउँदै जर्मनीसँगै तीन अंक बटुल्न सफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.