छोराको अन्तिम म्यासेज: मारिनेवाला छु, आई लभ यु आमा

छोराको अन्तिम म्यासेज: मारिनेवाला छु, आई लभ यु आमा


एजेन्सी: अमेरिकाको फ्लोरिडास्थित ओरल्यान्डो शहरको एक नाइट क्लबमा आइतबार भएको गोलाबारीका क्रममा मर्नुअघि एक छोराले ह्वाट्सएपमार्फत म्यासेज गरेर ज्यान बचाउन सहयोग मागेको खुलेको छ ।

गोलीबारीका क्रममा नाइट क्लबको बाथरुममा थुनिएका ३० वर्षीय एडीले आफ्नो मोबाइलबाट ह्वाट्सएप प्रयोग गरी त्यहाँ भइरहेको सबै गतिविधिबारे आफ्नी आमालाई बताइरहेका थिए ।


उनले त्यही क्रममा आफ्नी आमालाई लगातार गोलीबारीबारेमा पुलिसलाई फोन गर्न भन्दै म्यासेज पनि पठाइरहेका थिए ।

मिना जस्टिस नामकी एक महिलाले क्लब बाहिर पुगेर बारम्बार आफ्नो छोरोबारे सोधीखोजी गरिरहेकी थिइन् ।

'आइतबार बिहान क्लबभित्र मेरो ३० वर्षीय छोरो थुनिएको थियो', उनले भनिन्, 'मेरो छोरोले मोबाइल सन्देश पठाएर गोलीबारी भएको सूचना पुलिसलाई दिन भनिरहेको थियो ।'

मिनाका अनुसार गोलीबारी भएपछि उनका छोरासहित अन्य मानिसहरु ज्यान बचाउनका लागि नाइट क्लबको बाथरुममा छिरेका थिए ।

'मेरो छोराले गोली चलेपछि आफू अन्य साथीहरु र क्लबमा आएका मानिसहरुसँगै लुक्न बाथरुममा छिरेको भनेको थियो', उनले भनिन्, 'छोराले नाइट क्लबमा चलाउने मानिस आफूहरुतिर आइरहेको भन्दै आफुलाई बचाउनका लागि म्यासेज पठाएको थियो ।'

आफ्नो ३० वर्षीय छोराले बन्दुकधारी आफूहरुतर्फ आइरहेको भनी पठाएको म्यासेज नै अन्तिम थियो । त्यसपछि मिनाका छोरा पनि बन्दुकधारीबाट भुटिएका अनुमान गरिएको छ ।

२४ घन्टा भइसक्दा छोराको अवस्था पत्ता नलागेकाले मारिएको अनुमान गरिएको छ । ५४ जना घाइतेहरु अस्पतालमा पुर्याइएको छ । तर ती घाइतेमा एडी छैनन् । नरसंहार मच्चाइएकाले एडी अन्य ४९ जनासँगै मारिएको अनुमान प्रहरीले गरेपनि शव फेला पार्न सकेको छैन ।

यस गे नाइट क्लबमा गोलीबारी हुँदा ५० जनाको ज्यान गएको छ । यो घटनामा ५३ जना घाइते भएका थिए । गोली चलाएर हत्या गर्ने व्यक्तिको नाम उमर मतिन रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ५० को ज्यान लिने मतिन न्युयोर्कमा बस्दै आएका थिए ।

गत नोभेम्बरमा फ्रान्सको पेरिसमा १२० जनाको मार्चमा बेल्जियममा ३५ जनाको ज्यान लिने गरी आक्रमण गरेको आतंकवादी संगठन आइएसले नै यो हमलाको जिम्मेवारी लिएको छ ।

मिना र छोराबीच भएको संवाद


बिहान २ बजेर ६ मिनेटमा आएको पहिलो सन्देशमा लेखिएको थियो ।

'आमा म तिमीलाई धेरै माया गर्छु'

'क्लबमा गोली चलिरहेको छ'

मीना जस्टिसले आफ्नो छोरालाई फोन लगाउने कोशिस गरिन् तर उताबाट फोनको जबाफ आएन । आधा निद्रामा हड्बडाउँदै उठेर मिनाले छोरालाई जबाफ दिइन्:

'तिमी ठीक त छौ??'

२: ०७ मा फेरि एडीले लेखे:

'म बाथरुममा फसेको छु आमा'

मीनाले छोरालाई कुन् क्लब फसेको भनेर सोधेपछि उताबाट जबाफ आयो:

'पल्स क्लबमा फसेको छु ।पुलिसलाई बोलाइदिनुस् ।'

फेरि २:०८ बजे उनले म्यासेज पठाए ।

 

'म मर्छु आमा'

मीना अब भने निद्राबाट पुरै ब्युँझिइन् । उनले तत्कालै ९११ नम्बरमा डायल गरिन् । यसैबीचमा छोराले उनलाई कयौं म्यासेज पठाइरहे ।

त्यसपछि आमाले भनिन्:
'मैले पुलिसलाई फोन गरिदिएकी छु, के अझै पनि तिमी त्यहीँ नै छौ? हाम्रो फोन त उठाइदेउ । हामीलाई फोन गर ।'

९११ मा फोन उठाउने व्यक्ति साययद थप जानकारी लिन चाहान्थ्यो तर मीनालाई आफ्नो छोरो कति खतरामा छ भन्ने कुरा ख्यालै भएन ।

उनका छोरा एडी घरैमा बस्न मन पराउँथे। आफ्नो काम र खानामा चासो दिन्थे । एडी साथीभाइलाई हँसाउन मन पराउँथे । ओरल्यान्डो शहरमा नै उनी एकाउन्टेन्टकारुपमा काम गर्दथे। मीनालाई आफ्नो छोरो गे भन्ने राम्ररी थाहा थियो, र, उनलाई छोरो गे भएपछि देखिने जटिलताबारे पनि अझ ज्ञान थियो ।

छोराले खबर पठाएपछि मीना धेरै आत्तिइन् । र, उनी छोराले पठाउने अघिल्लो म्यासेको ब्यग्र प्रतिक्षामा थिइन् ।

छोराले २:३९ मा जबाफ दिए ।

'उनीहरुलाई बोलाउनुस् न मम्मी अहिले नै'

उनले आफू गोलीबारीबीच बाथरुपमा फसेको लेखेका थिए ।

'त्यो (बन्दुकधारी) आइरहेको छ, म मारिन्छु होला मम्मी'

मीनाले उनलाई त्यहाँ कुनै हताहत भएकोबारे सोधिन् अनि सँगै सोधिन् 'तिमी कुन् बाथरुममा छौ ?'

२:४२ मा उताबाट जबाफ आयो, 'धेरै मानिस यहाँ फसेका छन्, हो यहाँ मान्छे पनि मारिए'

जब उनले त्यसपछि म्यासेज पठाएनन् तब मीनाले छोरालाई धेरै सन्देश पठाइन् ।

'के त्यहाँ पुलिस आइपुगयो? मलाई टेक्स्ट गर'

चार मिनटपछि एडीले जबाफ पठाए

'नाइ, आएको छैन। बाथरूममा नै फसेको छु ।पुलिसले हामीलाई छुटाउन आए हुने'

२:४९ मा मीनाले उनलाई क्लबमा पुलिस आइसकेको सन्देश दिइन् । र, पुलिस आए नआएको हेर्न भनिन् ।

उताबाट जबाफ आयो
'चाँडो गरन बन्दुकधारी अब हामीसँगै बाथरुममा आइपुगेको छ'

मीनाले सोधिन्, 'के त्यो मानिस पनि बाथरुममा नै छ र?'

२:५० मा जबाफ आयो
'उसले यहाँ आतंक मच्चाइसकेको छ'
एक मिनेपछि फेरि मीनालाई छोराको अन्तिम म्यासेज आयो
'हो'

यो सन्देश आएको २४ घन्टा बितिसक्दा पनि जस्टिस मीनालाई आफ्नो छोराको कुनै खबर मिलेको छैन । र, उनी जस्तै करिब एक होटलमा बसिरहेका दर्जन परिवारका नातेदारको अहिले पनि अत्तोपत्तो छैन ।उनीहरु आफ्ना नातेदार जीवितै रहेको खबर सुन्ने आशमा छन् ।

'छोराको कुनै खबर आएको छैन । अहिलेसम्म पुलिसले पनि जबाफ दिन सकेको छैन', टाउकोमा हात लाउँदै मीनाले भनिन्न्, 'मलाई धेरै डर लागिरहेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.