व्यवस्थापिका संसदमा तीन विधेयक स्वीकृत

व्यवस्थापिका संसदमा तीन विधेयक स्वीकृत

काठमाडौँ: व्यवस्थापिका-संसदको बुधबारको बैठकले न्याय क्षेत्रका विभिन्न तीन विधेयकलाई सैद्धान्तिक छलफल गरी स्वीकृत गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका, ‘केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७१' लाई सर्वसम्मतिले स्वीकृत गरेको हो।

त्यस्तै, सदनमा आजै कानुनमन्त्री खरेलले ‘सर्वोच्च अदालत (पहिलो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गरेको विधेयक बहुमतले पारित भएको सभामुख ओनसरी घर्तीले घोषणा गरिन्।

 

मन्त्री खरेलले ‘न्यायसेवा आयोग विधेयक, २०७३ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गरेको अर्को विधेयकमाथि भएको छलफल पश्चात् उक्त विधेयक पनि बहुमतले स्वीकृत भएको छ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कानुनमन्त्री खरेलले बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि ध्वनि मतका आधारमा उक्त विधयेकहरु स्वीकृत भएका हुन् । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.