बीजी मलमा मोबाइल एक्स्पो

बीजी मलमा मोबाइल एक्स्पो

काठमाडौं: काठमाडौंको नयाँ बसपार्कस्थित बीजी मलमा मोबाइल एक्स्पो आयोजना हुने भएको छ। 'हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजनासहित बीजी मलले यही असार १ गतेदेखि ११ गतेसम्म मोबाइल एक्स्पो सञ्चालन गर्न लागेको हो।

एक्स्पो अवधिमा ग्राहले बीजीमलका सबै फेन्सी पसलबाट सामान खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन्। साथै उक्त अवधिमा मलमा आउने ग्राहक मध्ये २ जनाले दैनिक लक्की ड्रमार्फत स्मार्टफोन पाउने आयोजकले जनाएको छ।

 


मेलामा १० हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्ने ग्राहले अनिवार्यरूपमा आकर्षक उपहार पाउनेछन् भने एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहक मध्ये २ जनाले नगद फिर्ता पाउने आयोजकले जनाएको छ।

एक्स्पोमा एसएलसी दिएर बसेका विद्यार्थिले विशेष उपहार पाउने आयोजकले जनाएको छ । एक्स्पोमा सबै ब्रान्डका मोबाइल आधिकारिक सोरुम रहनेछ भने त्यहाँ एक हजारदेखि ९९ हजार रुपैयाँसम्मका मोबाइल सेट राखिने छन्।

एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये एक जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको मज्जा लिनपाउने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.