सरकारका उपप्रधानमन्त्री नै संघीयताविरुद्ध सडकमा

सरकारका उपप्रधानमन्त्री नै संघीयताविरुद्ध सडकमा

काठमाडौँ: उपप्रधानमन्त्री चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाले संघीयताले मुलुकको राष्ट्रियता विखण्डनतर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै बिहीबारबाट आन्दोलनमा उत्रने भएको छ।

पार्टीले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गणतन्त्रलाई संस्थागत गर्न र संविधानका सकारात्मक प्रावधानहरुलाई लागू गर्न संघीयता नै बाधक भएकाले खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

कार्यक्रममा महासचिव जनकराज शर्माले संघीय प्रणाली नेपालको वस्तुस्थितिसँग मेल खान नसक्ने उल्लेख गरे। 'संघीयताले नेपालको जातीय, क्षेत्रीय सद्भाव र एकता खलबल्याउँछ, संघीयताले हिमाल र पहाडबाट तराई अलग गराएर भारतीय संघमा विलय गराउने भारतीय स्वार्थलाई टेवा पुर्याएको छ', उनले भने, 'त्यसैले हामी यसको तत्काल खारेजीको माग गर्छौं।'

 

शर्माले संघीयताकै कारण मुलुकमा यतिबेला जातीय राज्य र एक मधेस एक प्रदेश, बहुराष्ट्रवाद लगायत विखण्डनकारी नाराले अशान्ति र अराजकताको अवस्था सिर्जना गरेको भन्दै त्यसको खारेजीको लागि आफ्नो पार्टी सडक, सरकार र सदन तीन ठाउँबाटै आन्दोलन गर्ने बताए।

पार्टीले देश गम्भीर संकटतर्फ गएको भन्दै यसलाई बचाउनका लागि देशव्यापी अभियान चलाउन लागेको जानकारी दिएको हो।

शर्माले राष्ट्रियताको रक्षा, राष्ट्रघाती माथिल्लो कर्णाली सम्झौता, नागरिकता ऐन, महङ्गी र भष्ट्रचारविरुद्ध यही असार २ गतेदेखि १९ गतेसम्म गाँउ र जिल्लास्तरीय कोणसभा गर्ने जानकारी दिए।त्यस्तै पार्टीले असार २० गतेदेखि असार मसान्तसम्म जिल्लास्तरीय सभा एवम कोण सभा गर्ने भएको छ ।

त्यसैगरी आगामी साउन २ गतेदेखि साउन मसान्तसम्म देशका प्रमुख स्थान र सदरमुकाममा राष्ट्रियताको रक्षा र संघीयताको खारेजी विषयक अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.