माइक्रोसफ्टले २८ खर्ब रुपैयाँमा किन्यो लिङ्क्ड्इन
काठमाडौं: विश्वचर्चित सफ्ट्वयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्क्ड्इनलाई नेपालको एक वर्षको बजेट भन्दा तीन गुणा बढी मूल्यमा खरिद गरेको छ ।
माइक्रोसफ्टले लिङ्क्ड्इनलाई करिब २८ खर्ब नेपाली रुपैयाँमा खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पेशागत व्यक्तिहरुले प्रयोग गर्ने यो सामाजिक सञ्जालका रुपमा परिचित लिङ्कड्इन किनेपछि माइक्रोसफ्टले प्रतिसेयर १९६ डलर अर्थात करिब २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।
मानिसहरुलाई जागिरसहितका अन्य सुविधाहरु प्रदान गरेर ख्याति कमाएको यो सामाजिक सञ्जाललाई विश्वकै धनी बिल गेट्सको कम्पनीले खरिद गरेको हो ।
समाचार अनुसार यो सामाजिक सञ्जालका विश्वभर ४ करोड ३३ लाख सदस्य रहेका छन् ।